Thursday, October 15

पर्यटन

बाटो सहज भएपछि बढे घान्द्रुक जाने पर्यटक
पर्यटन, समाचार, समाज

बाटो सहज भएपछि बढे घान्द्रुक जाने पर्यटक

नेपालअखबार,पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने पर्यटकीय गाउँ घान्द्रुक पुग्ने बाटो सहज भएसँगै पर्यटकको सङ्ख्या बढ्न थालेको छ। बाढीपहिरोका कारण अवरुद्ध भएको वीरेठाँटी–घान्द्रुक सडक सञ्चालनमा आएसँगै पर्यटक घान्द्रुक पुग्न थालेका हुन्। बाटो सहज भएसँगै गाउँमा पर्यटकको चहलपहल सुरु हुन थालेको घान्द्रुकस्थित निर्मल भिल्लाकी प्रबन्ध निर्देशक स्नेहा गुरुङले बताइन्। बाढीपहिरोले बाटो अवरुद्ध हुँदा शून्य अवस्थामा पुगेको घान्द्रुकको पर्यटन व्यवसाय अब चलायमान हुने आशा जागेको उनले बताइन्। ‘चाडपर्वसँगै पर्यटकको सिजन पनि सुरु भयो। बाटो पनि सहज भएको छ,’ उनले भनिन्, ‘असार, साउन र भदौमा पर्यटक शून्य नै थियो। अहिले विस्तारै आउन सुरु गरेका छन्। अब केही हुन्छ कि भन्ने आशा पलाएको छ।’ होटल रक एन्ड मुडका सञ्चालक तथा रोधी क्लब घान्द्रुकका अध्यक्ष लक्षिण गुरुङले घान्द्रुक पुग्ने बाटो सहज बनेक...
मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ
पर्यटन, समाचार, समाज

मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

नेपालअखबार,कास्की । विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या पछिल्लो केही दिनयता उल्लेख्य रूपमा बढेको छ । यस पदयात्रामार्गको विभिन्न स्थानमा बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याइएसँगै पदयात्रामा जाने विदेशी पर्यटक बढेका हुन् । निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनु तथा मनाङ र मनास्लु क्षेत्रका पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य एबिसीतर्फ मोडिएपछि अन्नपूर्ण क्षेत्रमा पर्यटकको चाप बढेको पर्यटन व्यवसायीको भनाइ छ । छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार अहिले दैनिक ३०० हाराहारीमा पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन् । एबिसीमा पर्यटकलाई राख्न सकिने ६ वटा होटल तथा लज रहेका छन् । यहाँका होटलमा ३५० सम्म पर्यटक राख्न सक्ने क्षमता छ । ‘स्वदेशी पर्यटक छैनन् तर  विदेशी तथा सार्क राष्ट्रका पर्यटकको आगमन बढेको छ । अह...
रसुवा बाढी : ३८४ पर्यटक सम्पर्कविहीन
पर्यटन, समाचार, समाज

रसुवा बाढी : ३८४ पर्यटक सम्पर्कविहीन

नेपालअखबार, काठमाडौं । रसुवामा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ३ सय ८४ आन्तरिक तथा वाह्य पर्यटक सम्पर्कविहिन भएका छन् । नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सीहरूबाट प्राप्त तथ्यांक उद्धृत गर्दै जनाए अनुसार झन्डै ४ सय पर्यटक सम्पर्कविहीन छन् । सम्पर्कविहीनमध्ये २ सय ९१ विदेशी र ९३ नेपाली पर्यटक छन् । ट्राभल एजेन्सी, गाइड, स्थानीय निकाय र सुरक्षा निकायसँग पुष्टि गरेपछि पर्यटन बोर्डल पर्यटक सम्पर्कविहीन भएको जनाएको हो । तीमध्ये सम्राट टुर्स एन्ड ट्राभल्सबाट ७१ जना (५९ भारतीय र १२ नेपाली) सम्पर्कविहीन भएका छन् । काठमाडौं होलिडेजबाट गएका १७ जना सम्पर्कविहीन छन् । जसमा १ विदेशी र १५ नेपाली छन् । त्यस्तै लिफ होलिडेजका ५५ जना (४६ भारतीय र ९ नेपाली) सम्पर्कविहीन छन् । कैलास जर्नीबाट ३१ जना बेपत्ता छन् । जसमा २६ विदेशी र ५ नेपाली छन् । यसैगरी एक्स्प्लोर भ्याकेसनबाट ७ नेपाली सम्पर्कविहीन रहेको ब...
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै
पर्यटन, समाचार, समाज

पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै

नेपालअखबार,बाँके । जिल्लामा पर्यटन प्रवर्द्धन गर्न बाँके राष्ट्रिय निकुन्जलाई ‘ब्रान्डिङ’ गरी प्रचारप्रसार गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकासहित आठवटै स्थानीय तह र अन्य सरोकारवाला निकायसँग समन्वय गरी निकुन्जको प्रचारप्रसार गरिने बाँके राष्ट्रिय निकुन्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए । उनका अनुसार मङ्गलवार कोहलपुरमा भएको सरोकारवाला निकायको समन्वयात्मक बैठकले डुडुवा नाका, राँझा चोक, नेपालगन्ज विमानस्थल र कोहलपुर चौराह चोकमा ठूला होर्डिङ बोर्ड तथा सूचना बोर्ड राखेर निकुन्जको प्रचारप्रसार गर्ने निर्णय भएको छ । कोहलपुर नगरपालिका, बाँके राष्ट्रिय निकुन्ज, नेपाली सेना तथा अन्य सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने पनि निर्णय गरिएको छ । कँडेलले पर्यटन प्रवरद्धनका लागि बाँके निकुन्जमा आवश्यक पूर्वाधार निर्माण भएर सफारीका लागि तयारी अवस्थामा रहेक...
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
पर्यटन, समाचार, समाज

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

नेपालअखबार,कास्की ।  गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । सो अवधिमा पाँच लाख आठ हजार चार सय ७६ जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका हुन् । तीमध्ये दक्षिण एसियाली मुलुकका तीन लाख ८४ हजार एक सय ४५ र अन्य मुलुकका एक लाख २४ हजार तीन सय ३१ रहेका छन् । सबैभन्दा बढी तीन लाख ७५ हजार सात सय ९७ भारतीय पर्यटक यहाँ आएका हुन् । दोस्रोमा चिनियाँ १२ हजार पाँच सय ३९ र तेस्रोमा अमेरिकाका नौ हजार आठ सय ८४ पर्यटक यहाँ आएका हुन् । यस्तै बेलायतका नौ हजार आठ सय ५९, फ्रान्सका सात हजार नौ सय ३९, मलेसियाका सात हजार आठ सय ४८, जर्मनीका सात हजार छ सय ३४, बङ्गलादेशका सात हजार चार सय ४८, अष्ट्रेलियाका सात हजार ९५ र इजरायलका छ हजार तीन सय ९८ पर्यटक यस क्षेत्रमा भित्रिएका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले आव ...
वनफूलले सिँगारिएको ढोरपाटन
पर्यटन, समाचार, समाज

वनफूलले सिँगारिएको ढोरपाटन

नेपालअखबार, काठमाडौं । समथर मैदानमा फूलेका थरिथरिका फूल। कतै राता, कतै पहेँला, गुलाबी त कतै बैजनी रङका फूलले यतिबेला यो ढोरपाटन उपत्यका चिटिक्क सिँगारिएको छ। चारैतिर अग्ला पहाडले घेरिएको उपत्यका बर्खायाममा निकै मनमोहक देखिन्छ। फूलैफूलले ढाकिएको ढोरपाटनसँग साइनो गाँस्न दिनहुँ आन्तरिक पर्यटक ढोरपाटन आउने गरेका छन्। नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र पर्ने ढोरपाटनमा पछिल्लो तीन वर्षयता वनफूलले पर्यटकलाई थप आकर्षित गर्न थालेको छ। विसं २०७५ सम्म ढोरपाटनमा पर्यटकको आगमन न्यून थियो। घुम्न आउनेभन्दा पनि ढोर बराह मन्दिरमा पूजा गर्न आउने दर्शनार्थीबाहेक अन्य पर्यटकको खासै उपस्थिति थिएन। जब सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार हुन थाल्यो, तब ढोरपाटनमा पर्यटकको घुइँचो नै लाग्न थाल्यो। बर्खा लागेसँगै देशका धेरै पर्यटकीय क्षेत्र सुनसान बन्दैछन्, तर ढोरपाटनमा भने पर्यटकक...
महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
पर्यटन, समाचार, समाज, हाइलाइट-समाचार

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

नेपालअखबार, पोखरा। सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको सहयोगमा आयोजित दुईदिने 'पञ्चासे पर्यटन प्रवर्द्धन कार्यक्रम' सम्पन्न भएको छ। "पर्यटनका लागि प्रकृति, संस्कृति र आतिथ्य" भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न सञ्चारमाध्यममा आबद्ध २१ जना पत्रकारको सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य पोखरा महानगरपालिका–२३ अन्तर्गत पर्ने पञ्चासे क्षेत्रको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचार–प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ। भ्रमणका क्रममा सहभागी पत्रकारहरूले पञ्चासेका प्रमुख पर्यटकीय गन्तव्य, स्थानीय होमस्टे, प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा धार्मिक एवं सांस्कृतिक सम्पदाको अवलोकन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्ड, ग...
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
पर्यटन, समाचार, समाज

एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

नेपालअखबार, म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै बेनी-जोमसोम सडक भएर चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा सात लाखभन्दा बढी पर्यटक मुस्ताङ पुगेका छन् । म्याग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसास्थित सीमा प्रहरी चौकीको तथ्याङ्कअनुसार चालु आवको साउनदेखि जेठसम्म सात लाख पाँच हजार ७५४ स्वदेशी र विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका हुन् । यो सङ्ख्या गत आर्थिक वर्षको १२ महिनाको बराबर हो । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी–जोमसोम सडक भएर मुस्ताङ भित्रने नाकामा पर्ने घाँसामा प्रहरीले सवारी साधनमार्फत भित्रने पर्यटकको अभिलेख राख्ने गरेको छ । एघार महिनामा एक लाख ५१ हजार १६० सवारी साधनमार्फत चार लाख ६० हजार ९२४ स्वदेशी र दुई लाख ४४ हजार ८३० विदेशी पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जान...
नेपाल उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छ : सभामुख अर्याल
पर्यटन, राजनीति, समाचार

नेपाल उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छ : सभामुख अर्याल

नेपालअखबार,काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई सस्तो गन्तव्यको रूपमा नभई उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ को अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभामुख अर्यालले नेपाललाई ‘बजेट गन्तव्य’ को ट्यागबाट मुक्त गरी ‘प्रिमियम आरोग्य गन्तव्य’ को रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उनकाअनुसार केवल पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव छैन । बरु पर्यटकले पाउने अनुभवको गहिराइ र त्यसबाट हुने आम्दानीको गुणस्तर महत्वपूर्ण हुन्छ । सभामुख अर्यालले स्पष्ट आरोग्य पर्यटकहरू सामान्य पर्यटकभन्दा बढी खर्च गर्छन् र लामो समय बस्ने बताए । उनीहरू विलासिता मात्र नभई, आत्मिक शान्ति र जीवनको अर्थ खोज्न यात्रा गर्ने ब...
पोखराको लेकसाइडलाई पर्यटनमैत्री बनाउन अभियान सुरु
पर्यटन, समाचार, समाज

पोखराको लेकसाइडलाई पर्यटनमैत्री बनाउन अभियान सुरु

नेपालअखबार,पोखरा । पर्यटकीय राजधानी पोखराको मुख्य गन्तव्य लेकसाइड क्षेत्रलाई थप सुरक्षित र पर्यटनमैत्री बनाउन पोखरा पर्यटन परिषद्ले विशेष अभियान सुरु गरेको छ। लेकसाइडमा आउने पर्यटकहरूले पूर्ण रूपमा सुरक्षित महसुस गरून् र यहाँको वातावरण शान्त रहोस् भन्ने उद्देश्यले सरोकारवाला निकायहरूसँगको समन्वयमा यो कार्य थालिएको हो। परिषद्ले वडा प्रहरी कार्यालय बैदाम, पर्यटन प्रहरी, महानगर प्रहरी, वडा प्रतिनिधि र पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्थाहरूसँग साझेदारी गर्दै अभियान अघि बढाएको छ। पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार लेकसाइड क्षेत्रमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन र तत्काल सूचना आदानप्रदान गर्न एउटा ‘ह्वाटस् एप’ ग्रुप समेत तयार गरिएको छ। अवाञ्छित गतिविधि भएको देख्नासाथ ग्रुपमा वा सम्बन्धित निकायमा खबर गरी तत्काल एक्सन लिने व्यवस्था मिलाइएको छ। परिषद्का महासचिव जीवनराज सा...