Saturday, August 8

राजनीति

निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने
राजनीति, समाचार

निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे शुक्रबार जानकारी गराइएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र उच्चअधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई भेटेर सो जानकारी गराउनुका साथै निर्वाचनको व्यवस्थापन र तयारीका विषयमा छलफल भएको हो । आयोगले निर्वाचनका लागि आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता जारी गर्ने जानकारी प्रधानमन्त्री कार्कीलाई गराएको छ । भेटका अवसरमा अर्थमन्त्री रामेश्वर खनाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिकुमार सिन्हा, मुख्यसचिवलगायत सहभागी भएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।...
तीन वटै सुरक्षा निकायको एकै स्वर- भयरहित चुनाव गराउन तयार छौं
प्रशासन, राजनीति, समाचार

तीन वटै सुरक्षा निकायको एकै स्वर- भयरहित चुनाव गराउन तयार छौं

नेपालअखबार,काठमाडौं । तीन वटै सुरक्षा निकायका अधिकारीहरूले भयरहित र सुरक्षित रूपमा निर्वाचन गराउन पूर्णरूपमा तयार रहेको बताएका छन् । यसका लागि आवश्यक काम भइरहेको उनीहरूको ब्रिफिङ छ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले शुक्रबार निर्वाचन तयारीबारे सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरेको थियो । सिंहलरबारस्थित समितिको सभाकक्षमा भएको छलफलमा सहभागी सुरक्षा निकायका प्रतिनिधिहरूले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित र सुरक्षित रूपमा सम्पन्न गराउन पूर्णरूपमा तयार रहेको बताएका हुन् । राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना पारित भइसकेको छ । सोही योजनाअनुसार आपसि समन्वय र सहकार्यमार्फत अघि बढिरहेको उनीहरूको भनाइ रहेको छ । बैठकमा बोल्दौ नेपाली सेनाका सहायक रथी मनोज थापाले तोकिएको मितिमा निर्वाचन गर्नु मुलु...
निर्वाचन आयोगले थाल्यो समानुपातिक तर्फको मतपत्र छपाइ
राजनीति, समाचार

निर्वाचन आयोगले थाल्यो समानुपातिक तर्फको मतपत्र छपाइ

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फको मतपत्र छपाइ सुरु गरेको छ । आजबाट समानुपातिक तर्फको मतपत्र छपाई सुरु भएको हो । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक तर्फको मतपत्रमा ५८ वटा चुनाव चिह्न रहनेछ । यही पुस १३ र १४ गते राजनीतिक दललाई समानुपातिक तर्फको बन्दसूची बुझाउन समय दिइएको थियो । त्यसबेला ६४ वटा दलले सूची बुझाएका थिए । त्यसमा १० वटा दलले एकल चुनाव चिह्नमा नाम दिएका छन् । ‘समानुपातिक तर्फको मतपत्र आजबाट सुरु भएको छ । जसमा ५८ दलको चिह्न  मतपत्रमा हुनेछ’ भट्टराईले भने, ‘प्रत्यक्ष तर्फको मतपत्र भने आगामी माघ १० गते पछाडीबाट मात्रै छापइको काम सुरु हुन सक्नेछ ।’ आगामी २१ फागुनमा हुने निर्वाचनका लागि प्रतयक्षतर्फ उम्मेदवारी दर्ताको समय माघ ६ गतेका लागि छ । माघ ९ गते निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम छ । त्यसपछि बल्ल मतपत्र छपाइ स...
प्रधानमन्त्री कार्कीले गरिन् निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूसँग छलफल
राजनीति, समाचार

प्रधानमन्त्री कार्कीले गरिन् निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूसँग छलफल

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारी र सुरक्षा व्यवस्था लगायतका विषयमा निर्वाचन आयोगका प्रमुखसहित सुरक्षा निकायका उच्च अधिकारीहरूसँग छलफल गरेकी छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको उपस्थिति थियो। छलफलमा आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। २०८२ भदौमा जेनजी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन दिएकी छन्। उनले निर्वाचन आयोगलाई निर्वाचन तयारी तीव्र  पार्न आग्रह गर्दै सबै पक्षलाई निर्वाचन प्रक्रियामा सहभागी हुन अपिल पनि गरेकी छन्।...
कांग्रेस विवादमा निर्वाचन आयोगले भन्यो- नजिकबाट हेरिरहेका छौं
राजनीति, समाचार

कांग्रेस विवादमा निर्वाचन आयोगले भन्यो- नजिकबाट हेरिरहेका छौं

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसभित्रको विवादलाई नजिकबाट हेरिरहेको बताएको छ । शुक्रबार आयोजित प्रेस ब्रिफिङमा आयोगले दलभित्रको विवाद आन्तरिक विषय भए पनि आयोगले नजिकबाट हेरिरहेको बताएको हो । पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले भने, ‘कांग्रेस विवाद दलभित्रको आन्तरिक विषय हो । त्यसमा आयोग प्रवेश नगर्ने भएकाले अहिले केही भन्दैन । तथापि आयोगले नजिकबाट हेरिरहेको हुन्छ ।’ नेपाली कांग्रेसभित्र अहिले नियमित र विशेष महाधिवेशनको विवाद उत्कर्षमा पुगेको छ । केही दिनअघिको कार्यसम्पादन समिति बैठकको बहुमतले आगामी बैशाकमा गर्ने गरी नियमित महाधिवेशनको कार्यतालिका पारित गरेको छ । विशेष महाधिवेशन आह्वानकर्ताहरूले भने २७ र २८ पुसमा विशेष महाधिवेशन बैठक आह्वान राखेका छन् । यसमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्व...
एमालेबाट प्रदेश सदस्यमा उम्मेदवार लडेका गिरिराज केसी लगायत नेकपामा प्रवेश
राजनीति, समाचार

एमालेबाट प्रदेश सदस्यमा उम्मेदवार लडेका गिरिराज केसी लगायत नेकपामा प्रवेश

नेपालअखबार,काठमाडौँ । २०७९ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्यमा चुनाव लडेका नेता गिरिराज केसी सहितका व्यक्ति नेपाली कम्युनिष्ट पार्टीमा पार्टी प्रवेश गरेका छन्। शुक्रबार काठमाडौंको ललितपुरस्थित नेता नारायण काजी श्रेष्ठको निवास हात्तीवनमा केसी सहितका एमालेका नेताहरू नेकपामा पार्टी प्रवेश गरेका हुन्। केसी २०७९ को निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट दाङ निर्वाचन क्षेत्र २ (२) प्रदेश सभा सदस्यका उम्मेदवार थिए। उनलाई नेपाली कांग्रेसका युवा नेता तथा लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपानेले पराजित गरेका थिए। केसी एमाले दाङका पहिचान बनाएका एक  पुराना नेता मानिन्थे। तर, पछिल्लो करिब ६ महिना पहिले केसी एमालेबाट विद्रोह गरी संयुक्त वाममोर्चा दाङको संयोजक समेत बनेका थिए। केसीसँगै घोराही उपमहानगरपालिकाका पूर्वउपमेयर दामोदर अधिकारी पनि नेकपामा प...
देउवापक्षका केन्द्रीय सदस्यको अर्को बैठक बस्दैछ नयाँ बानेश्वरमा
राजनीति, समाचार

देउवापक्षका केन्द्रीय सदस्यको अर्को बैठक बस्दैछ नयाँ बानेश्वरमा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट ३० जना केन्द्रीय सदस्यहरूले बेग्लै भेला गरेका छन्। आमचुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका केन्द्रीय सदस्यहरूले आज भेला गरेर अपिल जारी गरेका हुन्। राजेन्द्र केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डिला संग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की, चीनकाजी श्रेष्ठलगायत चुनावअघि महाधिवेशनका पक्षमा उभिएका थिए। उनीहरूले पार्टीभित्र देखा परेको विवाद समाधान गर्न पनि यसअघि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र दुवै महामन्त्री गगन थापा र विश्वप्रक...
इरानको स्थिति खराब: प्रदर्शनका क्रममा प्रहरीको हत्या, इन्टरनेट सेवा समेत बन्द
राजनीति, विश्व, समाचार

इरानको स्थिति खराब: प्रदर्शनका क्रममा प्रहरीको हत्या, इन्टरनेट सेवा समेत बन्द

नेपालअखबार,काठमाडौँ । इरानमा बढ्दो महँगी र आर्थिक संकटका विरुद्ध सुरु भएको भनिएको जारी  जनप्रदर्शनले उग्र रूप लिँदै गएको छ। देशभरका १०० भन्दा बढी सहरहरूमा फैलिएको यो आन्दोलन अहिले सरकारका लागि ठुलो चुनौती बनेको छ। पछिल्लो हिंसात्मक झडपका क्रममा एक प्रहरी अधिकारीको छुरा प्रहार गरी हत्या गरिएको छ भने प्रदर्शनका क्रममा अहिलेसम्म ८ बालबालिकासहित ४५ जनाले ज्यान गुमाइसकेका छन्। सुरक्षा बलले हालसम्म २ हजार २७० भन्दा बढी प्रदर्शनकारीहरूलाई हिरासतमा लिएको छ। स्थिति नियन्त्रण बाहिर जान थालेपछि इरानी सरकारले कडा कदम चाल्न सुरु गरेको समाचारहरूमा उल्लेख छ। राजधानी तेहरानको विमानस्थल बन्द गरिएको छ भने देशभर इन्टरनेट र फोन सेवा पूर्ण रूपमा ठप्प पारिएको छ। सेनालाई अलर्ट अवस्थामा राखिएको छ। सञ्चार सेवा बन्द गरिए पनि प्रदर्शनकारीहरूले विभिन्न वैकल्पिक माध्यमबाट भिडियोहरू सार्वजनिक गरिरहेका छन्, जहाँ '...
कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै
राजनीति, समाचार

कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनसम्बन्धी विवाद उत्कर्षमा पुगेका बेला कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्दैछन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गर्ने निर्णय गरेको थियो । इतर समूहका नेता डा. शेखर कोइरालाको उपस्थितिमा हुन गइरहेको पत्रकार सम्मेलनमार्फत् कार्यवाहक सभापति खड्काले फेरि विशेष महाधिवेशन रोक्न आग्रह गर्ने बताइएको छ ।...
वर्तमान सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल
राजनीति, समाचार

वर्तमान सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल

नेपालअखबार,काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलतिर ढल्कने छुट नभएको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको म्यान्डेट स्मरण गराएका हुन् । गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बाँनिया, प्रदेशका आन्तरिक मामिला मन्त्री लगायतको उपस्थिति रहेको छ । कार्यक्रमको उद्‍घाटन समारोहमा मन्तव्य राख्दै गृहमन्त्री अर्यालले वर्तमान सरकारको म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु र सुशासन कायम गर्नु रहेको बताए । सरकार निर्वाचनमा होमिसकेकाले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शंका नगर्न सम्बन्धित सबैपक्षलाई आग्रह गरे । जेनजी ज...