Tuesday, August 11

राजनीति

चुनाव भाँड्न ओलीले नयाँ-नयाँ नाटकमञ्चन गरिरहेको प्रभु साहको आरोप
राजनीति, समाचार

चुनाव भाँड्न ओलीले नयाँ-नयाँ नाटकमञ्चन गरिरहेको प्रभु साहको आरोप

नेपालअखबार,काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २१ फागुनमा हुने चुनाव भाँड्नका लागि नयाँ-नयाँ नाटकमञ्चन गरिरहेको आरोप लगाएका छन्। उनले चुनाव हुन नदिने कुनै पनि षड्यन्त्रविरुद्ध जनस्तरबाटै प्रतिवाद गरिनुपर्ने बताएका हुन्। शनिबार काठमाडौँमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै साहले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने भनेर ओलीले आफ्नो दलका नेताहरूलाई हस्ताक्षर सङ्कलन अभियान चलाउन लगाएको भन्दै चुनावबाट नभाग्न चेतावनी दिए। साहले जेनजी आन्दोलनमा चरम दमन गर्ने र युवाहरूको छाती र टाउकोमा ताकी-ताकी गोली हान्नेहरूले नै आज चुनाव हुन नदिने भन्दै चुनौती दिन थालेको टिप्पणी गरे। ओलीको दम्भकारी शासन र अहङ्कारलाई युवाहरूको बलमा जनताले धुलो चटाएको हुनाले नै एमाले चुनाव फेस गर्न डराएको उनको भनाइ छ। उनले युवाहरूको हत्यामा संलग्न शासकहरूको...
व्यवसायीलाई प्रधानमन्त्रीको आह्वान- डराउने होइन, आत्मविश्वास बोकेर अघि बढौं
राजनीति, समाचार

व्यवसायीलाई प्रधानमन्त्रीको आह्वान- डराउने होइन, आत्मविश्वास बोकेर अघि बढौं

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आत्मविश्वासका साथ अघि बढ्न उद्योगी तथा व्यवसायीहरूलाई आह्वान गरेकी छिन् । शुक्रबार राष्ट्रिय आर्थिक बहस २.० मा निजी क्षेत्रलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले यस्तो आह्वान गरेकी हुन् । ‘म सबै उद्यमी, किसान र युवाहरूलाई आह्वान गर्न चाहन्छु—डराउने होइन, बरु आत्मविश्वासका साथ अगाडि बढ्नुहोस्,’ उनले भनेकी छिन्, ‘तपाईंहरूले आशंका र भय पाल्ने बेला होइन । हातेमालो गर्ने बेला हो ।’ विभिन्न अध्ययनले हाम्रो आर्थिक वृद्धिदर बढ्ने र महँगी घट्ने संकेत दिएको पनि उनले बताइन् । ‘जसले हाम्रो प्रयास सही दिशामा छ भन्ने देखाउँछ । हामीले हिजोभन्दा राम्रो भोलि बनाउन एकजुट हुनेछौं,’ उनले भनेकी छिन् ।सरकार आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको तयारीमा जुटेका जानकारी गराउँदै उनले थप भनेकी छिन्, ‘निर्वाचनमार्फत दिगो लोकतान्त्रिक प्रक्रियामा ...
मधेश प्रदेशका सांसदले आफ्नै मुखमा दले कालो मोसो
राजनीति, समाचार

मधेश प्रदेशका सांसदले आफ्नै मुखमा दले कालो मोसो

नेपालअखबार,काठमाडौं । मधेश प्रदेशका सांसदले आफ्नै मुखमा कालो मोसो दलेका छन्। शनिबार प्रदेश सभामा माओवादी केन्द्रका सांसद (हाल नेपाली कम्युनिस्ट पार्टी) रहबर अन्सारीले केन्द्रीकृत शासन पद्धति लागू गरेको भन्दै आफ्नो मुखमा कालो मोसो दलेका हुन्। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनाले आज विश्वासको मत लिइरहेका छन्। रोष्टममा बोल्ने क्रममा रहबर अन्सारीले कालो मोसो दल्दै विश्वासको मत नदिने बताए। माओवादी केन्द्र मदेश प्रदेशका संसदीय दलका नेता भरतप्रसाद साहप्रति असन्तुष्टि जनाउँदै आएका सांसद अन्सारीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने घोषणा गरे।...
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान
राजनीति, समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ । आज दिउसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने गरी बैठक बोलाइएको हो । केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई बैठकमा उपस्थित हुन अनुरोध गरिएको कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनको शोकमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ ।...
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी
राजनीति, विश्व, समाचार

इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी

नेपालअखबार,काठमाडौं । टर्किये (साविकको टर्की)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरूद्ध वारेन्ट जारी गरेको छ । गाजा क्षेत्रमा नरसंहार गरेको आरोपमा टर्कियेले नेतन्याहु र उनको सरकारका वरिष्ठ अधिकारीहरू विरूद्ध वारेन्ट जारी गरेको हो । टर्किये सरकारले शुक्रबार गिरफतारीका लागि वारेन्ट जारीको घोषणा गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ । इस्तान्बुल अभियोजक कार्यालयको कुल ३७ जनाविरूद्ध गिरफ्तारीका लागि वारेन्ट जारी गरिएको उल्लेख छ । तर, पूरै सूची भने जारी गरिएको छैन । बीबीसीका अनुसार वारेन्ट जारी हुनेमा इजरायलका रक्षामन्त्री इजराइल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इतेमार बेन गभिर र सेना प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरको नाम समावेश छ । टर्कियेले उनीहरूमाथि ‘जनसंहार र मानवताविरूद्ध अपराध’ गरेको आरोप लगाएको छ । टर्कियेले भनेको छ- इजरायलले गाजामा ‘व्यवस्थित तरिकाले जनसंहार’ ग...
पार्टी छाडेका नेता-कार्यकर्तालाई मूलघर फर्किन उपेन्द्र यादवको आह्वान
राजनीति, समाचार

पार्टी छाडेका नेता-कार्यकर्तालाई मूलघर फर्किन उपेन्द्र यादवको आह्वान

नेपालअखबार, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा विभिन्न कारण र कालखण्डमा दल छाडेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई मूलधारमा फर्कन आह्वान गरेका छन् । ललितपुरको इमाडोलमा अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न केन्द्रीय समिति बैठकले विगतमा पार्टीको श्रीवृद्धि र आन्तरिक जीवनमा ठूलो योगदान पुर्‍याएका कार्यकर्तालाई पुरानो घरमा फर्किन आह्वान गर्ने निर्णय गरेको जानकारी दिए । ‘पार्टी स्थापनाकालदेखि विगतमा जे–जस्तो कारणले असन्तुुष्ट भएर पार्टी छाडे पनि पुरानै घरमा फर्किन आह्वान गर्दछु’, अध्यक्ष यादवले भने, ‘जसपा नेपाल हामी सबैको साझा सङ्गठन भएकाले जुनै कारणले पार्टी परित्याग गरे पनि पुनः फर्किन कसैले अप्ठ्यारो मान्नु पर्दैन ।’ अध्यक्ष यादवले पार्टीमा फर्कने नेता तथा कार्यकर्तालाई क्षमता, दक्षता, भूमिका र योग्यताअनुसार पार्टीमा उचित स्थान र जिम्मेवारी दिइने बता...
लोकतन्त्र द्वन्द्वमा नभई संवादमा बलियो हुन्छ : राष्ट्रपति पौडेल
राजनीति, समाचार

लोकतन्त्र द्वन्द्वमा नभई संवादमा बलियो हुन्छ : राष्ट्रपति पौडेल

नेपालअखबार, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र द्वन्द्वमा नभई संवादमा बलियो हुने बताएका छन् । प्रतिनिधि सभाका सभामुख, उसभामुख राष्ट्रिय सभाका अध्यक्ष उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख उपसभामुखसँगको शीतल निवासमा भएको भेटमा उनले यस्तो बताएका हुन् । उनले जनताको आवाज सुनेर लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउनसके लोकतन्त्र र संसदीय प्रणाली अझ सुदृढ हुने जिकिर गरे । राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधानको रक्षा र लोकतन्त्रलाई अझ उन्नत बनाउन सकिने बताए । प्रतिनिधिसभा सदस्यको आगामी फागुन २१ गतेका निर्वाचन सफलतापूवर्क सम्पन्न गर्नु सबैको साझा दायित्व भएको बताए । राष्ट्रपति पौडेलले संसदीय प्रणालीको मजबुती कुनै एक दल, एक सरकार वा एक नेतृत्वको मात्र उत्तरदायित्व नभई सामूहिक राष्ट्रिय दायित्व भएको बताए । उनले नेपा...
सङ्कटको बेला कांग्रेस आत्मघाती बाटो छाडेर एकजुट हुनुपर्छ : प्रवक्ता महत
राजनीति, विचार, समाचार

सङ्कटको बेला कांग्रेस आत्मघाती बाटो छाडेर एकजुट हुनुपर्छ : प्रवक्ता महत

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश अहिले अभूतपूर्व सङ्कटबाट गुज्रिरहेको भन्दै आन्तरिक शक्ति सङ्घर्ष छाडेर एकजुट हुन नेतृत्वलाई आग्रह गरेका छन् । नेपाल कांग्रेस केन्द्रीय समितिको जारी बैठकलाई सम्बोधन गर्दै उनले भने, 'आज देश सङ्कटमा छ, हाम्रो पार्टी सङ्कटमा छ, लोकतन्त्र सङ्कटमा छ, हामी व्यक्तिगत रूपमा पनि सङ्कटमा छौँ।’ पार्टी बहस अधिवेशनमै सीमित, राष्ट्रिय मुद्दा ओझेलमा डा. महतले महासमितिको बैठकमा हाम्रो सम्पूर्ण बहस ८४ को निर्वाचनमा गठबन्धन गर्ने नगर्ने भन्ने विषयमा केन्द्रित भयो अहिले केन्द्रीय समितिको छलफल विशेष महाधिवेशन की महाधिवेशन भन्नेमै सीमित भएको बताएका छन् । राष्ट्रिय मुद्दामा छलफल नै भएन, यो दुर्भाग्यपूर्ण हो,’ उनले भने। उनले सङ्कटको कारण, समाधान र पार्टीको नेतृत्वदायी भूमिकाबारे छलफल हुनुपर्नेमा त्यो हुन नसके...
प्रधानमन्त्री कार्कीद्वारा नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन आह्वान
राजनीति, समाचार

प्रधानमन्त्री कार्कीद्वारा नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन आह्वान

नेपालअखबार, काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न आह्वान गरेकी छन्। प्रधानमन्त्री कार्कीले आज भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन्। आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले देशभर यही कात्तिक ३० गतेभित्र मतदाता नामावली सङ्कलनकार्य सञ्चालन गरिरहेको छ । 'जेनजी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईँ–हामीले हाम्रो मतदाता परिचयपत्र बनाउनुपर्छ । अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ”, प्रधानमन्त्री कार्कीले भनेकी छन्, “तपाईँहरू आफैँ सही प्रतिनिधि बन्नुपर्छ । विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाड...
राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग राष्ट्रिय सभा अध्यक्षको छलफल
राजनीति, समाचार

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग राष्ट्रिय सभा अध्यक्षको छलफल

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग छलफल सुरु गरेका छन् । शुक्रवार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हासहित राजनीतिक दलहरुबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसबाट आनन्दप्रसाद ढुंगाना, नेकपा एमालेबाट गोपालप्रसाद भट्टराई लगायतको उपस्थित रहेको छ । राष्ट्रिय सभा अध्यक्ष दाहालले राष्ट्रिय सभा अन्तर्गतका समितिहरुको बैठक निरन्तर राखिरहेका छन् । साथै अधिवेशन आह्वानका लागि सरकार, राजनीतिक दलहरुसँग छलफल र संसद सुचारु गर्न पहलकदमी गर्दै आएका छन् । संघीय संसद प्रतिनिधि सभाको निर्वाचनमा सरकारलाइ सघाउन विभिन्न निर्देशन र अनुगमन गर्न र निरन्तर छलफल गर्नसके सहज र शान्तिपूर...