अमेरिकामा एकैदिन भेटिए ३४ हजारभन्दा धेरै नयाँ संक्रमित
नेपाल अखबार, काठमाडौं । अमेरिकामा मंगलबार एकैदिन ३४ हजारभन्दा धेरै नयाँ कोरोना संक्रमित फेला परेका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार मंगलबार ३४ हजार ७२० नयाँ संक्रमित फेला परेका हुन् । मंगलबार अमेरिकाका तीन राज्यमा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।
क्यालिफोर्निया, टेक्सास र फ्लोरिडामा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन् । अमेरिकाको सेन्सस ब्यूरोको आकलनअनुसार यी तीन राज्यमा अमेरिकाको समग्र जनसंख्याको एक चौथाइभन्दा धेरै मानिस बसोबास गर्छन् ।
टेक्सासमा मंगलबार एकैदिन पाँच हजार ५५१ नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै क्यालिफोर्नियामा सात हजार १४९ जना नयाँ संक्रमित फेला पर्दा फ्लोरिडामा पनि पाँच हजार ५११ नयाँ संक्रमित फेला परेका छन् ।
अमेरिकामा केही राजनीतिकर्मीले भने संक्रमितको संख्या बढ्नुको कारण परीक्षणको दायरा बढाइनु रहेको बताउँ...
