बाढीमा परेकाहरूको खोजी र उद्धार कार्य तीव्र पार्न चिनियाँ राष्ट्रपतिको निर्देशन
नेपालअखबार, काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल-चीन सीमा क्षेत्रमा गएको बाढी परेकाहरूको खोजी र उद्धार तीव्र पार्न निर्देशन दिएका छन्।
बुधबार बिहान ९ बजे चीनको तिब्बतमा आएको बाढीले सीमावर्ती रसुवादेखि चितवनसम्म क्षति गरेको छ।
राष्ट्रपति सीले बुधबार नै सम्बन्धित निकायहरुलाई खोजी र उद्धारमा खटिन निर्देशन दिएको चिनियाँ अनलाइन ग्लोबल टाइम्सले जनाएको छ।
राष्ट्रपति सीले घटनापछि बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धारलाई प्राथमिकता दिन र राहत तथा उद्धारका सबै प्रयासलाई तीव्र बनाउन निर्देशन दिएका छन्।
उनले प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरी बेपत्ताको खोजी, घाइतेको उपचार तथा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन जोड दिएका छन्।
घटनापछि स्थानीय अधिकारी तथा उद्धार टोलीहरू खोजी तथा राहत कार्यमा परिचालित भएका छन्।
पहिरोका कारण सीमा क्षेत्रमा भएको क्षति र मानवी...









