Saturday, April 18

बारामा भीड भगाउन प्रहरीले गर्‍यो हवाइ फायर

नेपाल अखबार,बारा  ।  प्रहरीले बारामा हवाइ फायर गरेको छ। बाराको सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका स्थानीयबीच माछा मार्ने विषयमा विवाद भएपछि झडप भएको थियो।
स्थानीयको ढुंगामुढामा परी प्रहरी समेत घाइते भएकाले स्थिति नियन्त्रणमा लिन १३ राउण्ड हवाइ फायर र ६ सेल अश्रुग्यास प्रहार गर्नुपरेको बाराका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले बताए।
झडपका क्रममा चार जना प्रहरी र १० जना बढी सर्वसाधारणलाई चोटपटक लागेको छ। अहिले स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *