Friday, October 9

प्रशासन

निजामतीमा सूचना प्रविधि सेवा पनि थप्ने प्रस्ताव
प्रशासन, समाचार

निजामतीमा सूचना प्रविधि सेवा पनि थप्ने प्रस्ताव

नेपालअखबार,काठमाडौं । सरकारले संघीय निजामती सेवामा नयाँ नेपाल सूचना प्रविधि सेवा थप गर्न लागेको छ । संघीय संसद सचिवालयमा पेश भएको विधेयकमा यसअघिका विभिन्न सेवा बाहेक सूचना प्रविधि सेवालाई नयाँ सेवाको रुपमा प्रस्ताव गरिएको हो । अहिले पनि सूचना प्रविधिको क्षेत्रका कर्मचारी निजामती सेवामा छन् । विविध सेवामा रहेका उनीहरुलाई अब भने नयाँ सेवाको रुपमा थप गर्न थालिएको हो । संघीय तहको मन्त्रालयदेखि सूचना प्रविधिमा आधारित सेवा प्रदायक निकायहरूमा सूचना प्रविधि(आईटी) सेवाका कर्मचारीहरू कार्यरत थिए । यसअघि नेपाल आर्थिक योजना तथा तथ्यांक, इञ्जिनियरिङ, कृषि, न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण, वन, विविध, शिक्षा सेवा रहेकोमा यो विधेयकमा सूचना प्रविधि सेवा थपिएको हो ।तर कर्मचारीहरूको वृत्तिविकासका लागि हुने क्लष्टरमा भने सूचना प्रविधि सेवा समावेश छैन । सरकारले पाँचवटा क्लष्टरहरूमा कर्मचारीहरूक...
कोशीमा बाढी पूर्वतयारी : प्रदेशका संयन्त्र ‘अलर्ट’मा
प्रशासन, समाचार, समाज

कोशीमा बाढी पूर्वतयारी : प्रदेशका संयन्त्र ‘अलर्ट’मा

नेपालअखबार,विराटनगर । बिहीबारदेखि निरन्तर भारी वर्षाको चेतावनीपछि कोशी प्रदेश सरकारले सम्भावित विपद् पूर्वतयारी गरेको छ । मौसम पूर्वानुमान महाशाखाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएपछि प्रदेश सरकारले सतर्कतासहित पूर्वतयारी गरेको हो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका १४ वटै जिल्लास्थित आफ्ना मातहतका कार्यालयलाई सम्भावित जोखिम नियन्त्रणका लागि उपकरण र जनशक्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । वर्षाका कारण उत्पन्न हुनसक्ने प्राकृतिक विपत्ति र त्यस बखत तत्काल गर्नुपर्ने उद्धार तथा राहतका कामका लागि स्थानीय तह र अन्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्न निर्देशन दिइएको भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्यले जानकारी दिए । मन्त्री आचार्यले जोखिमयुक्त सडक, पुल तथा पूर्वाधारमा निगरानी बढाउन, जनशक्ति, मेसिन तथा उपकरणलाई तयारी अवस्...
मानसरोवरबाट फर्किने पर्यटकलाई एक सातासम्म हिल्सामा पदयात्रा दस्तुर मिनाहा
प्रशासन, समाचार

मानसरोवरबाट फर्किने पर्यटकलाई एक सातासम्म हिल्सामा पदयात्रा दस्तुर मिनाहा

नेपालअखबार, काठमाडौं । सरकारले मानसरोवर यात्राबाट नेपालको बाटो हुँदै फर्कने पर्यटकलाई हिल्सा नाकाबाट प्रवेश गर्दा एक साताका लागि दस्तुर मिनाहा गरेको छ । अध्यागमन विभागका अनुसार रसुवागढी नाका हुँदै प्रवेश गरेका पर्यटकले अब सिन्धुपाल्चोकको तातोपानी नाका र हुम्लास्थित हिल्सा नाकाबाट फर्कने विकल्प छ । हिल्सामा सामान्य अवस्थामा प्रवेश गर्दा भने नेपाल सरकारले निषेधित क्षेत्रको पदयात्राका लागि दस्तुर तिरेपछि मात्र अनुमति दिने गर्छ । तर, रसुवागढी नाकामा आएको बाढीले उक्त क्षेत्र हुँदै यात्रा गर्न सम्भव नभएपछि सरकारले हिल्सा नाकाबाट फिर्ता हुनेका लागि सहजीकरण गरेको हो । अध्यागमन विभागका अनुसार ११ भदौदेखि लागु हुने गरी एक साताका लागि हिल्सामा दस्तुर छुट दिइएको छ । साथै, सोही क्षेत्रको अनुमतिका लागि विदेशी नागरिक र ट्रेकिङ गाइडको बीमा तथा ट्रेकिङ गाइड सम्बन्धी व्यवस्था समेत अनिवार्य गरिएको छैन...
थाइल्यान्डमा १४ वर्षीय किशोरले चलाएको गोलीबाट ८ जनाको मृत्यु, कडा कानुन बनाउने प्रधानमन्त्रीको घोषणा
प्रशासन, विदेश, समाचार

थाइल्यान्डमा १४ वर्षीय किशोरले चलाएको गोलीबाट ८ जनाको मृत्यु, कडा कानुन बनाउने प्रधानमन्त्रीको घोषणा

नेपालअखबार,बैंकक । थाइल्यान्डको राजधानी बैंककमा १४ वर्षीय एक किशोरले गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ । गोली लागेर २२ जना घाइते भएका छन् । सुरुमा आफू बस्दै आएको घरमा हजुरबुबा र हजुरआमाको हत्या गरेका उनी पछि देब्सिरिन नामको विद्यालयमा पुगेर गोली चलाएका थिए । विद्यालयमा उनले चलाएको गोली लागेर पाँच शिक्षकको ज्यान गएको थियो । गोली लागेर घाइते भएका एक विद्यार्थीको पनि उपचारका क्रममा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अन्तमा किशोरले आफैंलाई गोली हानेका थिए । प्रहरीका अनुसार किशोरले शुक्रबार स्थानीय समयअनुसार बिहान करिब ५ बजे ७३ वर्षीय हजुरबुबा र ७४ वर्षीया हजुरआमालाई गोली हानेका थिए । त्यसपछि उनी बन्दुक र दर्जनौँ गोली बोकेर विद्यालय जाने बसमा चढेको रोयटर्सले जनाएको छ । उनी बिहान ८:३० बजे पहिलो कक्षामा सहभागी भएका थिए भने ९:२० बजे दोस्रो कक्षा सुरु भएको थियो । दोस्रो क...
काँकरभिट्टाबाट एक वर्षमा भित्रिए ८६ देशका ९ हजार पर्यटक, धेरै भुटान र अमेरिकी नागरिक
प्रशासन, समाचार

काँकरभिट्टाबाट एक वर्षमा भित्रिए ८६ देशका ९ हजार पर्यटक, धेरै भुटान र अमेरिकी नागरिक

नेपालअखबार, भद्रपुर (झापा) । नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष २०८२/८३ मा नौ हजार ४४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार उक्त अवधिमा दैनिक सरदर २६ जना विदेशी पर्यटक यो नाका भएर नेपाल प्रवेश गरेका हुन् । छिमेकी मुलुक भारतका नागरिकका लागि भिसा अनिवार्य नभएकाले यो तथ्याङ्कमा भारतीय पर्यटकको सङ्ख्या समावेश गरिएको छैन । नाकाबाट कुल ८६ देशका नागरिक आवतजावत गरे पनि सबैभन्दा बढी भुटानी पर्यटक भित्रिएका छन् । कुल आगमनको ५३ प्रतिशतअर्थात् ४९९४ जना भुटानी नागरिक रहेका छन् । यस्तै, दोस्रो स्थानमा अमेरिकाका नागरिक रहेका छन्, जहाँबाट २३ प्रतिशत अर्थात् २१५२ जना अमेरिकी पर्यटक भित्रिएका निमित्त प्रमुख राजवंशीले जानकारी दिए । कार्यालयको तथ्याङ्कअनुसार पूर्वी नाकामा पुस र माघ महिनालाई मुख्...
कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो ‘डिजिटल’ निगरानी
प्रशासन, समाचार

कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो ‘डिजिटल’ निगरानी

नेपालअखबार, काठमाडौँ । सरकारले कर्मचारीको अनुशासन र आचरण सुधार्न ‘डिजिटल’ निगरानी सुरु गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनपछि कर्मचारीको आचरणगत अनुशासनको स्थितिलाई कर्मचारी वैयक्तिक विवरणमा अनिवार्य अभिलेखीकरण गर्न थालिएको राष्ट्रिय किताबखाना (निजामती)ले जनाएको छ । कर्मचारीको आचरणगत पक्षलाई ट्र्याक गर्न राष्ट्रिय सतर्कता केन्द्र र राष्ट्रिय कितावखानाले संयुक्त रूपमा कार्य प्रारम्भ गरेका कितावखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले जानकारी दिए । कर्मचारीको आचरणगत पक्षलाई ट्र्याक गर्न राष्ट्रिय कितावखानाले सतर्कता केन्द्रलाई कर्मचारीको पीआईएस सिस्टमभित्र प्रवेश गरी सम्बन्धित कर्मचारीमाथि भएको कारबाहीको विवरण प्रविष्ट गर्न सक्ने गरी पहुँच उपलब्ध गराएको महानिर्देशक पोखरेलले जानकारी दिए । महानिर्देशक पोखरेलका अनुसार, कारबाहीको विवरणलाई थप स्पष्ट पार्न पीआईएस सिस...
सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्धको रिटमा असार ३० मा फैसला
प्रशासन, समाचार

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्धको रिटमा असार ३० मा फैसला

नेपालअखबार, काठमाडौँ । सरकारी सञ्चार माध्यमहरूमा मात्रै सरकारी विज्ञापन प्रदान गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले आउँदो असार ३० गते निर्णय सुनाउने भएको छ। सरकारको निर्णय गैरसंवैधानिक र गैरकानुनी भएको दाबी सहित नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेलले दायर रिटमा  न्यायाधीशहरू सारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले असार ३० का लागि निर्णय सुनाउने मिति तोकेको हो। सरकारी विज्ञापन निजी मिडियामा नदिने निर्णयले संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रतालाई कमजोर बनाउने उद्देश्य राखेको आरोप लगाउँदै मिडिया सोसाइटीले सर्वोच्च अदालतमा रिट दायर गरेको हो। चैत १८ गतेको सचिवस्तरीय निर्णय गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी विज्ञापन तथा सूचनाहरू सञ्चार माध्यममार्फत प्रकाशन तथा प्रसारण गर्दा नेपाल सरकार, प्रदेश सरकार तथा स्...
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
प्रशासन, राजनीति, समाचार

पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु

नेपालअखबार,काठमाडौँ । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्दाहेर्दै’ मा राखेर तीन दिनदेखि सुनुवाइ जारी छ । विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइराला इजलासमा सुनुवाइ सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बुस्नेतसहित १६ जनामाथि ३ खर्ब ५१ करोड रुपैयाँ बिगो मागदावी गरेको थियो । पूर्वमन्त्री मोहनबहादुर बस्नेतमाथि कुनै अध्ययनविना सोझै आफ्नो प्रस्तावमा टेरामक्स प्रविधि खरिदबारे निर्णय गरेको आरोप छ । स्वायत्त प्रकृतिको नेपाल दुरसञ्चार प्राधिकरणमाथि उनले बजेट तथा कार्यक्रम स्वीकृतिको क्रममा इन्टरनेशनल कल मोनिटरिङ र भीओआईपी नियन्त्रणका लागि उपयुक्त प्रणाली खरिद गर्ने भनी निर्णय गरेका थिए । प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झामाथि कानुनी पूर्वाधार तयार नभएको अवस्थामा ट...
तत्कालीन माओवादीले कारागार आक्रमण गर्दा भागेका कैदी २२ वर्षपछि पक्राउ
प्रशासन, समाचार, समाज

तत्कालीन माओवादीले कारागार आक्रमण गर्दा भागेका कैदी २२ वर्षपछि पक्राउ

नेपालअखबार, काठमाडौं । अर्घाखाँची प्रहरीले तत्कालीन नेकपा (माओवादी) ले कारागारमा आक्रमण गर्दा भागेका एक जना कैदीबन्दीलाई २२ वर्षपछि पक्राउ गरेको छ। साबिक सिमलपानी गाविस–९ र हालको शितगंगा नगरपालिका–१३ का ५५ वर्षीय लुमबहादुर सुनार २२ वर्षपछि पक्राउ परेका हुन्। २०६१/०७/३० गते बिहान ८ बजेतिर, तत्कालीन समयमा ३३ वर्षका सुनारमाथि आफ्नै २५ वर्षीया श्रीमती मिना सुनारलाई कुटपिट गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गर्दै कारावासको सजाय तोकेको थियो। श्रीमती हत्याको घटनामा लुमबहादुरलाई दोषी ठहर गर्दै जिल्ला अदालत अर्घाखाँचीले ५ वर्षको कारावास सजायको फैसला सुनाएको थियो। त्यो फैसलामा चित्त नबुझेपछि मिनाका आफन्त सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले लुमबहादुरलाई १० वर्ष कैद सजायको फैसला सुनाएको थियो। त्यसपछि लुमबहादुर २०६१/०८/१७ गतेदेखि कपिलवस्तु कारागार कार्यालयमा थुनामा प...
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपाल–भारत मन्त्रीस्तरीय संवाद
प्रशासन, समाचार

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपाल–भारत मन्त्रीस्तरीय संवाद

नेपालअखबार, जेनेभा । स्विट्जरल्यान्डको जेनेभामा आयोजित ११४औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा नेपाल र भारतका श्रम मन्त्रीहरूबिच शिष्टाचार भेटवार्ता भएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र भारत सरकारका श्रम तथा रोजगार राज्यमन्त्री शोभा करन्दलाजेबिच बुधबार जेनेभामा द्विपक्षीय भेटवार्ता भएको हो। मन्त्रालयका अनुसार यो भेटवार्ता मुख्य गरी नेपाल र भारतबिचको श्रम गतिशीलता, मर्यादित रोजगारी, सीप विकास, सामाजिक संरक्षण तथा सुरक्षित श्रम आप्रवासनको क्षेत्रमा सहकार्य सुदृढ गर्ने विषयमा केन्द्रित रह्यो । दुई देशबिच लामो समयदेखि चलिआएको श्रम सम्बन्धलाई अझ बढी सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले यो संवाद भएको हो। भेटका क्रममा नेपालले आफ्नो श्रम आप्रवासन सुशासन प्रणालीलाई थप प्रभावकारी र परिष्कृत बनाउने चाहना व्यक्त गरेको थियो। यसका लागि नेपालले पारदर्शी प्रणालीको प्रवर्द्धन गर्न...