नेपाल अखबार, पोखरा । पाेखरामा कोरोना संक्रमणबाट सोमबार राति ५० वर्षीय महिलाको मृत्यु भएकाे छ । तनहुँबाट उपचारका लागि कास्कीको सेवा हस्पिटलमा आएकी एक ५० वर्षीय महिलाको सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभाष हमालले बताए ।
मल्लका अनुसार उनको पिसिआर रिपोर्ट भने अहिले बिहान मात्र पोजेटिभ आएको छ ।
साउन ३२ गतेबाट उपचारका लागि कास्की सेवा अस्पतालमा रहेकी उनलाई कोरोनाको लक्षण देखा परेपछि । उनको पिसिआर परीक्षण गरिएको थियो । सोमबार राति निधन भएकी उक्त संक्रमितको शव दहनको तयारी भईरहेको प्रवक्ता हमालले नेपाल अखबारलार्इ बताए ।
उनीसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

