Sunday, July 26

बाँकेमा कोरोना संक्रमणबाट सोमबार राति ५५ वर्षीय पुरुषको मृत्यु

नेपाल अखबार,बाँके । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
बाँकेको नेपालगन्जस्थित नर्सिङ होममा उपचाररत कोरोना संक्रमित ५५ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो।
‘नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको राति ११:४५ बजे मृत्यु भएको हो,’ बाँके जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओमबहादुर रानाले मंगलबार बिहान  भने।
एसपी रानाका अनुसार निमोनियाँ, खोकीको समस्या देखिएपछि उनलाई गत साउन ३० गते नर्सिङ होम भर्ना गरिएको थियो। साउन ३२ गते स्वाब संकलन गरिएको थियो।
उपचारकै क्रममा सोमबार राति उनको मृत्यु भएको हो भने त्यही राति पीसीआर परीक्षणको रिपोर्ट कोरोना पोजिटिभ आएको उनले बताए।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अहिले बिहान १० बजेतिर नेपाली सेनाले उनको शव व्यवस्थापन गर्ने तयारी भइरहेको एसपी रानाले जानकारी दिए।
योसँगै बाँकेमा कोरोना संक्रमित चार जनाकाे मृत्यु भइसकेको भने देशभर मृतककाे संख्या १०९ पुगेको छ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *