Monday, July 27

मंगलबारको मौसम पूर्वानुमान, राति यी स्थानमा भारी वर्षा

नेपाल अखबार, पाेखरा। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्यप्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको जनाएको छ ।
मंगलबार बिहान एक बुलेटिन जारी गर्दै महाशाखाले न्यून चापीय क्षेत्रको प्रभावका कारण अहिले देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको र वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश न ५ र कर्णाली प्रदेश तथा आसपासका भूभागका एक/दुई स्थानहरुमा वर्षा भइरहेको जारी दिएको छ ।
यसैगरी, दिउँसो देशभर  सामान्यतया बदली रही  केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राति देशभर  सामान्यतया बदली रही  धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भने, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका एकरदुई स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *