Monday, July 27

१३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार : एक गोरखा सैनिकको घर र जागीर पनि गुम्यो, अढाइ वर्ष कैद

नेपाल अखबार,गोरखा । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बेलायती अदालतले एक गोरखा सैनिकलाई साढे दुई वर्ष जेल सजाय सुनाएको छ।
साथीकी १३ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा बेलायती सेनामा कार्यरत ४४ वर्षीय विनोद राईलाई त्यहाँको अदालतले अढाइ वर्ष जेल सजायको फैसला गरेको हो।
राईले आरोपलाई अदालतसमक्ष स्वीकारेका भने थिएनन्। गत वर्षको १९ जुलाइमा स्थानीय रेल स्टेशनबाट आफ्ना बालबालिका घर ल्याउने क्रममा उनले १३ वर्षभन्दा सानो उमेर मात्र उल्लेख गरिएकी ती बालिकालाई पनि साथमा ल्याएका थिए।

Advertisement

आफ्ना बच्चाहरू घरमा ल्याएर छाडेपछि राईले आफ्नो सिटबाट उठेर गाडीको ढोका खोलेर बालिकालाई गाडीको सिटमा ढल्केर बस्न भनी उनको वक्षस्थल छोएको समाचार बेलायतको स्वीइन्डेन एडभर्टाइज नामक पत्रिकाले उल्लेख गरेको छ।
बालिकाका अभिभावकले राईसँगै आफ्नो बच्चालाई घरमा ल्याइदिन अनुमतिसमेत नदिएका बताएका छन्। घटना योजनाबद्ध नभए पनि राईले गरेको काममा खराब नियत देखिएको न्यायाधीशले उल्लेख गरेका छन्।
राईको यस घटनाअघि चरित्रमा राम्रो रहेको र देशका लागि काम गरे पनि अब यसले गर्दा उनले आफ्नो पद र बस्दै आएको घर गुमेको छ। रासस

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *