Wednesday, October 29

पोखरामा भएको दुर्घटनामा दुई प्रहरीको मृत्यु

नेपाल अखबार, पाेखरा। पोखरामा गएरातिको सडक दुर्घटनामा परी दुई प्रहरीले ज्यान गुमाएका छन् ।गएराति १ः०५ बजेको समयमा पोखरा महानगरपालिका–५ मालेपाटन विश्वास पेट्रोलपम्प अगाडी सडक खण्डमा बाग्लुङ बस पार्कबाट जिरो किलोमिटर तर्फ जाँदै गरेको वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग १ ब ३६९ नं.को मोटरसाईकललाई सोही दिशाबाट आउँदै गरेको ग २ च २६२६ नं.को बलेरो जिपले पछाडीबाट ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई प्रहरीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा प्रहरी मोटरसाईकल चालक पाल्पा रिप्दिकोट गाउँपालिका– घर भई वडा प्रहरी कार्यालय बैदाममा कार्यरत २१ वर्षीय प्रहरी जवान चन्द्र बहादुर बगाले र मोटरसाईकल पछाडी बसेका बर्दिया मैनापुर–२ घर भई हाल वडा प्रहरी कार्यालय बैदाममा कार्यरत ३४ वर्षीय प्रहरी हवल्दार डम्बर बहादुर थारू रहेका छन् ।
गम्भिर घाइते भएका दुबै जनालाई गण्डकी मेडिकल कलेजमा बगालेको रातिनै मृत्यु भएको थियो भने थारुको उपचारको क्रममा आज मध्यान्न १२ः३० बजेको समयमा मृत्यु भएको हो प्रहरीले जनाएको छ ।
ठक्कर दिने जिप चालक धादिङ जिल्लाको धुनीबेशी गाउँपालिका–५ घर भई पोखरा महानगरपालिका–२३ बस्ने विशाल के.सी.लाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *