Friday, July 10

मृत्युदण्ड दिनुअघि कैदीले मगाएका अन्तिम खाना

नेपाल अखबार, एजेन्सि। अमेरिकामा मृत्युदण्डको सजायको प्रक्रियालाई गहिरोसँग बुझ्नका लागि फोटोग्राफर ज्याकी ब्ल्याकले मृत्युदण्ड दिनुअघि कैदीले मगाएको अन्तिम खानाको काल्पनिक चित्र बनाएका छन् ।
अमेरिकी फोटोग्राफरले यो प्रोजेक्टको एक आर्ट स्टेटमेन्टमा भने, ‘कुनै अवस्थामा आफूले गर्दै नगरेको कामका लागि मृत्युदण्ड पाउनुअघि आफ्नो अन्तिम खानाको अनुरोध गर्नु कस्तो महसुस होला ?’
‘यदि हामीले आफूलाई त्यो खानाको अगाडि राख्यौं भने हामीले सायद त्यसबारे थोरै भएपनि अनुमान लगाउन सक्नेछौं ।’
‘सायद हामी न्याय तन्त्रसँग आफ्नो उद्देश्य र अपराधमा सहभागिताको विषयमा प्रश्न उठाउन सक्नेछौं ।’
‘हामी घृणा गरिने व्यक्तिसँग सहानुभूति प्रकट गर्न सक्नेछौं ।’
ब्ल्याकले कैदीको पृष्ठभूमिबारे पनि कुरा गरेका छन् । यसमा उनीहरुको पढाई, कामकाज र उनीहरुको अन्तिम बयानबारे जानकारी दिइएका छन् ।
डेविड वायन स्टोकर
मृत्युदण्ड दिइएको मितिः १६ जून १९९७
शिक्षाः ८ वर्ष
पेशाः हेभी इक्विपमेन्ट अपरेटर, सिकर्मी
अन्तिम बयानः ‘मलाई साँच्चै नै तपाईंलाई भएको क्षतीप्रति दुःख छ… तर, मैले कसैलाई पनि मारेको छैन ।’
एन्थनी रे वेस्टलेः
मृत्युदण्ड दिइएको मितिः १३ मे १९९७
शिक्षाः ८ वर्ष
पेशाः मजदुरी
अन्तिम बयानः ‘म तपाईंलाई भन्न चाहन्छु कि मैले कसैको हत्या गरेको छैन । म तपाईंहरु सबैलाई प्रेम गर्छु ।’
थोमस एन्डी बेयरफुटः
मृत्युदण्ड दिइएको मितिः ३० अक्टोबर १९८४
शिक्षाः सूचीबद्ध छैन
पेशाः मजदुरी
अन्तिम बयानः ‘म सबैलाई भन्न चाहन्छु कि मेरो मनमा उनीहरुका लागि कुनै दुर्भाव छैन । मैले उनीहरुलाई सबैलाई माफ गरिसकेको छु । म आशा गर्छु कि मैले जोमाथि केही गरेको छु उनीहरुले मलाई माफ गर्नेछन् ।’
‘म दिनभरी पीडितकी श्रीमतीका लागि प्रार्थना गर्छु ता कि उनीहरुको मनको तित्तता समाप्त हुन सकोस् । उनीहरुको यति तित्तताले उनीहरुलाई अन्य पाप जस्तै नर्कमा पठाउनेछ । म सबैसँग आफूले गरेको अपराधका लागि माफी माग्छु । मलाई आशा छ, उनीहरुले मलाई माफी दिनेछन् ।’
जेम्स रसेलः
मृत्युदण्ड दिइएको मितिः १९ सेप्टेम्बर १९९१
शिक्षाः १० वर्ष
पेशाः सङ्गीतकर्मी
अन्तिम बयानः तीन मिनेटको बताइएको छ । जुन सायद दर्ता हुन सकेन ।
जेफ्री एलेन बार्ने
मृत्युदण्ड दिइएको मितिः १६ अप्रिल, १९८६
शिक्षाः दर्ता गरिएको छैन
पेशाः दर्ता गरिएको छैन
अन्तिम बयानः मलाई आफ्नो अपराधका लागि खेद छ । म यसको हकदार हुँ । जिसस मलाई माफ गरिदिनुहोस् ।’
जोनी फ्रेंक ग्यारेटः
मृत्युदण्ड दिइएको मितिः ११ फेब्रुअरी १९९२
शिक्षाः सात वर्ष
पेशाः मजदुरी
अन्तिम बयानः ‘मलाई प्रेम र स्नेह दिएर मेरो हेरविचार गर्ने परिवारलाई धन्यवाद । अरु दुनियाँको बाल मतलब ।’
विलियम प्रिन्स डेविसः
मृत्युदण्ड दिएको मितिः १४ सेप्टेम्बर १९९९
शिक्षाः ७ वर्ष
पेशाः मजदुरी
अन्तिम बयानः ‘म परिवारलाई यो भन्न चाहन्छु कि मेरो कर्मका कारण उहाँहरुले जुन असहनीय पीडा र समस्याको सामना गर्नुपरेको छ त्यसका लागि म आफ्नो आत्मासम्म निकै दुःखी छु । मृत्युदण्ड पाएका व्यक्तिहरुप्रति म आभारी छु जसले यति वर्षसम्म मलाई प्रेम दिनुभयो ।’
‘मलाई आशा छ कि विज्ञानका लागि आफ्नो शरीर दान दिँदा कसैलाई मद्दत हुनेछ… म यतिमात्रै भन्न चाहन्छु ।’
गेराल्ड ली मिशेलः
मृत्युदण्ड दिएको मितिः २२ अक्टोबर २००१
शिक्षाः १० वर्ष
पेशाः सिकर्मी
अन्तिम बयानः ‘म यो पीडाका लागि माफी चाहन्छु । म तपाईंबाट खोसिएको जीवनका लागि माफी माग्छु । भगवानले मलाई क्षमा गर्नुहोस् भन्ने प्रार्थना गर्न चाहन्छु । म तपाईंहरु सबैसँग यही प्रार्थना गर्छु । मलाई थाहा छ यो मुश्किल छ तर मलाई आफ्नो अपराधप्रति दुःख छ ।’

कोही घरबार बिहिनलाई खाना दिन अनुरोध जुन अस्विकार गरियो
रोबर्ट एन्थनी म्याडेनः
मृत्युदण्ड दिइएको मितिः २८ मे १९९७
शिक्षाः १२ वर्ष
पेशाः कुक
अन्तिम बयानः ‘म तपाईंहरुको क्षती र पीडाका लागि माफी माग्छु । तर मैले उनीहरुको हत्या गरेको थिइनँ । आशा छ कि हामीले आफ्नो र अर्काको बारे केही पक्कै पनि थाहा पाउनेछौं । हामी घृणा र बदलाको चक्रलाई रोक्नेबारे सिक्नेछौं । म यो प्रक्रियामा सबैसँग माफी चाहन्छु ।’
जेम्स बिथार्डः
मृत्युदण्ड दिइएको मितिः ९ डिसेम्बर सन् १९९९
शिक्षाः १५ वर्ष
पेशाः मोटरसाइकल मेकानिक
उनको ट्रायलपछि अभियोजन पक्षका महत्वपूर्ण साक्षीले आफ्नो बयान दिन अस्विकार गरे र तीन सदस्यीय प्यारोल बोर्डले उनलाई माग गर्न सिफारिश गरेको थियो ।
अन्तिम बयानः म आफ्नो परिवारप्रति आफूले पाएको प्रेमप्रति आभार प्रकट गर्न चाहन्छु । यो दुनियाँमा कसैसँग पनि यति राम्रो परिवार थिएन । मेरा आमाबुवा संसारकै उत्कृष्ट थिए । मेरो जीवन कुनै पनि अन्य व्यक्तिको तुलनामा निकै राम्रो थियो । मलाई आफ्नी छोरी र छोराभन्दा बढी गर्व कसैप्रति पनि थिएन ।’
‘यहाँ म यस्तो कुरा बताउन चाहन्छु जुन मानिसहरु सुन्न चाहन्छन् । युनाइटेड स्टेट्स एउटा यस्तो स्थान बनेको छ जहाँ मानिसको जीवनको लागि कुनै इज्जत छैन । एक बिन्दुमा पुगेर सरकरले अन्य देशलाई नष्ट गर्न र अबोध बालकलाई मार्नबाट रोकिनुपर्छ । इरान, इराक, क्यूबार  यस्तै अन्य स्थानमा लगाइएको प्रतिबन्धले संसारमा कुनै परिवर्तन हुनेछैन र यसले अबोध बालबालिकालाई मात्रै क्षती भइरहेको छ ।’
‘हामीले पर्यावरणमाथि जे जति गरिरहेका छौं त्यसले विनाशकारी परिणाम देख्न पाइएको छ ।’
‘संसारमा जुन माध्यमले सत्य बाहिर आइरहेको छ वा मानिसहरुलाई के भइरहेको छ भनेर थाहा हुन्छ, त्यसको एक माध्यम ‘फ्रि प्रेस’ हो । म देखिरहेको छु कि प्रेस एक स्वतन्त्र संस्थाको रुपमा टिक्नका लागि संघर्ष गरिरहेको छ ।’
लास्ट मिल्सको प्रदर्शनी न्यूयोर्कको पारिश आर्ट म्युजियममा ३१ जनवरी २०२१ सम्म राखिएको छ ।
स्रोतः बीबीसी

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *