साउदीका दुई विमानस्थलमा हुथीको आक्रमण, तीन जनाको मृत्यु
नेपालअखबार,काठमाडौँ । साउदी अरबका दुई विमानस्थलमा हुथी विद्रोहीले गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको छ।
आक्रमणमा ३६ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक जनाको मृत्यु र आठ जना घाइते भएका छन्।
अब्हा विमानस्थलमा भएको अर्को आक्रमणमा दुई जनाको मृत्यु र २८ जना घाइते भएका छन्।
यीमध्ये कुन आक्रमण मंगलबार र कुन बुधबार भएको हो भन्ने प्राधिकरणले खुलाएको छैन।
बुधबार हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्ष्य गरी आफूहरूले धेरै ड्रोन प्रहार गरेको बताएका छन्।
साउदी नेतृत्वको गठबन्धनले भने हुथीले प्रहार गरेको ब्यालेस्टिक मिसाइल रियादको उत्तरमा रोकेको दाबी गरेको छ।
आक्रमणपछि साउदी नेतृत्वको गठबन्धनले ...










