नेपालअखबार, पाेखरा । पछिल्लो २४ घण्टामा ७०७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा महिला १९२ र पुरुष ५१५ जना संक्रमित थपिएको जानकारी दिएको हो।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ५ सय ५५ जना सक्रिय संक्रमित रहेका छन्। होम आइसोलेसनमा ३ हजार ७ सय ७२ जना रहेको उनले बताए। निको हुने दर ६१ प्रतिशत, ११ हजार ८३२ पीसीआर परीक्षण, क्वारेन्टिनमा ११ हजार ७ सय ६८ जना छन् भने डिस्चार्ज हुने संख्या १७ हजार ९ सय ६४ जना पुगेको छ। पछिल्लो २४ घण्टामा २६४ जना निको भई घर फर्किएका छन्।
उपत्यकामा २ सय जना संक्रमित थपिएका छन्। काठमाडौंमा १ सय ७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित पछिल्लो २४ घण्टामा फेला परेका छन्।

