Tuesday, July 7

भारतमा एकैदिन झन्डै ७० हजारमा कोरोना पुष्टि

नेपाल अखबार, एजेन्सि। भारतमा हालसम्मकै बढी कोरोना भाइरस संक्रमित थपिएका छन्।

Advertisement
भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा भारतमा ६९ हजार ८७८ नयाँ संक्रमित थपिएका छन्।
यो भारतमा एकैदिन देखिएका कोरोना संक्रमित संख्याको सबैभन्दा उच्च संख्या हो।
यससँगै भारतमा कोरोना संक्रमितको संख्या २९ लाख ७५ हजार ७०२ पुगेको छ। संक्रमितमध्ये ५५ हजार ७९४ को मृत्यु भइसक्दा २२ लाख २२ हजार उपचारपछि स्वस्थ बनेका छन्र ।

Advertisement
Advertisement
भारत कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको तेस्रो स्थानमा छ। अमेरिका र ब्राजिलपछि भारतमा बढी संक्रमित छन्। एजेन्सी

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *