Wednesday, October 29

ठूलोमात्रामा अवैध जंगली जडिबुटी सहित एकजना पक्राउ

नेपाल अखबार,लमजुङ  ।  लमजुङ मा  ठूलोमात्रामा अवैध जंगली जडिबुटी सहित एक जनालाई पक्राउ गरिएकाे  जिल्ला प्रहरी कार्यालय लमजुङले जनाकरी दिएकाे छ ।  लमजुङ बेसिशहर नगरपालिका वडा नं. ०७ बस्नेवर्ष ३८ कि सिद्धि माया तामाङ  पक्राउ ।
घरमा अवैध रूपमा जङ्गली जडिवुटी लुकाई छिपाई संकलन गरी राखेकोभन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाटखटिएको विशेष प्रहरी टोलीले निजको घरमा खानतलासी गर्दा विभिन्न प्रजातिको अवैध जंगली जडिबुटी फेला पारेको  छ ।
 

पक्राउ परेकी घरधनि सिद्धि माया तामाङको घरबाट प्रहरीले अवैध जडिबुटी डालिङ (गुरुङ भाषामा टलिट) ४७६.१ के.जी, वन लसुन १५४ के.जी, कुड्की २४.६ के.जी, जटामसी १४.९ के.जी, सुगन्धवाल १८.३ के.जी, सतुवा- ४.४ के.जी, वन आलु २.८ के.जी. गरी जम्मा ६९५.१ के.जी बरामद गरेको छ ।
पक्राउ परेकि निज सिद्धि माया तामाङ तथा बरामद भएका उक्त जडिबुटी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय लमजुङ पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान पनि भईरहेको  प्रहरीले जानकारी दिए ।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *