Tuesday, April 21

लागूऔषध सहित २ जना पक्राउ

नेपाल अखबार, नवलपरासी। नवलपरासी पूर्वमा लागूऔषध सहित २ जना पक्राउ परेकाे प्रहरीले जानकारी दिएकाे छ ।   नवलपरासी पूर्व गैडाकोट नगरपालिका -२ मौलाकालिका गेट नजिक हिडिरहेका जिल्ला चितवन कालिका नगरपालिका-९ बस्ने वर्ष २३ को सुवाश श्रेष्ठ र भरतपुर महानगरपालिका-२ बस्ने बर्ष २६ को धुर्व श्रेष्ठलाई प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा  लागूऔषध  सहित फेला  हुदा पक्राउ गरिएकाे छ ।
उनिहरुको साथबाट २ सेट नुफिन, फेनरागन र डाईजोपाम गरि जम्मा ६ एम्पुल लागूऔषध र अनुसन्धानको क्रममा निजहरुबाट लुकाईएको अवस्थामा २० सेट गरी जम्मा २२ सेट अर्थात ६६ एम्पुल लागूऔषध बरामद भएकाे प्रहरीले बताए । उनिहरुलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *