Monday, July 6

अमेरिकामा शक्तिशाली आँधी, कम्तीमा ४ जनाको ज्यान गयो, कारखानामा आगो लाग्यो

नेपाल अखबार, एजेन्सि। अमेरिकामा आएको शक्तिशाली सामुद्रिक आँधीका कारण कम्तीमा चार जनाको मृत्यु भएको छ।
लरा नामको आँधीका कारण अमेरिकाको लुइजियाना राज्यमा जनधनको क्षति भएको हो।
आँधीका कारण लुइजियानाको एक नगरस्थित रसायन कारखानामा आगलागी भएको छ।
झन्डै २४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले निकै क्षति पुर्‍याएको अनुमान गरिएको छ। क्षतिको आकलन भइरहेको बताइएकाे छ।
बीबीसीका अनुसार ५ लाख घरमा बिजुली बन्द भएको छ। तर अनुमान गरिएजस्तो समुद्री छाल बढेर बाढी आएन। आँधी पूर्वतर्फ लागेको छ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *