Wednesday, April 22

पाेखरामा चोरीका सामान सहित मानिस पक्राउ

नेपाल अखबार, पाेखरा। कास्की प्रहरीले चोरीको आरोपमा दुई युवायुवतीलाई पक्राउ गरेको छ ।
पोखरा–१३ गौडाको मुख स्थित जयगंगामार्ग निवासी ठाकुरप्रसाद पोख्रेलको घरमा चोरी गर्ने दुई व्यक्ति पक्राउ परेको कास्की प्रहरीले जनाएको हो ।
घरधनी पोखरेल अष्ट्रेलिया रहेको बेलामा घरको चावी फोरी घरभित्र रहेका सामाग्रीहरु चोरी गर्ने  पोखरा–१२ निवासी २३ वर्षीय सन्तोष लामिछाने र  २० वर्षीया रोशनी थापामगर (लामिछानेलाई ) शुक्रबार पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिनुभयो ।
डिएसपी हमालका अनुसार प्रहरीले उनीहरुको साथबाट ४२ इन्चको  टिभी, क्यामेरा,कुकर, भाडावर्तन, लत्ताकपडा गरी  १  लाख ९५ हजार ५ सय ५० रुपैयाँ बराबरको चोरीको  सामान बरामद गरेको छ ।
पक्राउ परेकाहरु उपर चोरी तथा डाँका कसुरमा म्याद थप गरी अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ  ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *