Tuesday, August 4

बालिका बलात्कार गरेको आरोपमा ४८ वर्षे पुरुषविरुद्ध मुद्दा

नेपाल अखबार, नुवाकोट। जिल्ला प्रहरी कार्यालय नुवाकोटले जबर्जस्ती करणी उद्योगमा आज एक व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ।
विदुर नगरपालिका–९ कोलनी बस्ने ४८ वर्षीय सुरेश श्रेष्ठलाई शनिबार साँझ सोही स्थानमा निर्माणाधीन टिनको कटेजमा एक बालिकालाई कोही नभएको मौका पारी पैसा दिन्छु भनी अनैतिक क्रियाकलाप गरेको अभियोग लगाइएको छ।
पीडितका आफन्तकी छोरीले सो घटना देखेपछि प्रतिवादी श्रेष्ठ भागेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए। उनका अनुसार पीडित बालिकाले आफ्नो परिवारलाई घटनाबारे जानकारी दिएपछि प्रहरीले तत्कालै श्रेष्ठलाई पक्राउ गरी आज उनीविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ।
अभियुक्त श्रेष्ठलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ। रासस

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *