Wednesday, April 22

इतिहासमा आज– बेलायती राजकुुमारी डायनाको निधन

नेपाल अखबार, एजेन्सि। ३१ अगस्ट १९९७ मा बेलायतका युवराज चाल्र्सकी पूर्वपत्नी अर्थात् वेल्सकी राजकुमारी डायनाको ३६ वर्षकै उमेरमा निधन भयो । पेरिसस्थित एक रोड टनेलमा फुटपाथमा कार ठोक्किएपछि उनी घाइते भएकी थिइन् । डायनाका प्रेमी डोडी फायद र ड्राइभर हेन्री पाउलको घटनास्थलमै निधन भएकोे थियो । गम्भीर घाइते हुनका बाबजुद उनीहरुका अंगरक्षक ट्रिभोर रिस जोनस बाँच्न सफल भए ।
बीबीसीसहितका केही मिडियाको प्रारम्भिक दाबीअनुसार फोटोग्राफरहरुले पछ्याएपछि कारलाई तिव्र गतिमा दौडाउन खोज्दा दुर्घटना निम्तिएको थियो । तर, १९९९ मा फ्रान्सले गरेको अनुसन्धानले ड्राइभर पाउललाई घटनाका एकमात्रै दोषी ठहर ग¥यो । औषधी सेवन गरिरहेका पाउलले त्यस दिन मदिरा पनि सेवन गरेकाले तिव्र गतिमा कार दौडाएको अनुसन्धानको निष्कर्ष थियो । नशामा रहेका पाउललाई फोटोग्राफरहरुले आफ्नो कारको पिछा गरेजस्तो भ्रम परेको र यहीकारण उनले कार तिव्र गतिमा दौडाएको हुनसक्ने अनुमान गरियोे । जबकी, दुर्घटनास्थल वरपर फोटोग्राफरहरु रहेको कुनै प्रमाण थिएन । दुर्घटनाका क्रममा कारमा सवार कसैले पनि सिल्ट बेल्ट प्रयोग गरेका थिएनन् ।
डायनाको निधनले बेलायत र सम्पूर्ण विश्वका जनतालाई स्तब्ध पा¥यो । डायनाको अन्त्येष्टी समारोहलाई विश्वका २ अर्ब ५० करोड जनताले टेलिभिजनमार्फत हेरेका थिए । डायनाको मृत्युपछि प्रेसलाई बेलायती राजपरिवारले दिएको प्रतिक्रियाको पनि ठूलै आलोचना भयो ।
१९८१ महारानी एलिजावेथ दोस्रोका जेठा छोरा युवराज चाल्र्ससँग इन्गेजमेन्ट गरेपछि डायना चर्चामा आएकी थिइन् । यही वर्ष उनीहरुले विवाह गरे । त्यसपछि डायना वेल्सकी राजकुमारी बनिन् । उनीहरुका दुुई छोरा नवयुवराज विलियम र ह्यारी छन् । नवयुवराज विलियम बाबु चाल्र्सपछि बेलायती राजगद्दीको उत्तराधिकारीको सुचीमा दोस्रो नम्बरमा छन् । समाजसेवाप्रतिको लगाव र सरल जीवनका कारण डायना बेलायती जनतामाझ लोकप्रिय थिइन् ।
उनले एचआईभी एड्स, मानसिक स्वास्थ र क्यान्सरबारे जागरण जगाउन ठूलो भूमिका खेलेकी थिइन् । ८० र ९० को दशकमा उनी आफ्नो फेसनका लागि पनि प्रसिद्ध थिइन् । यद्यपी चाल्र्ससँग उनको सम्बन्ध राम्रो हुन सकेन । चाल्र्सका प्रेम प्रसङ्गहरु सा जसकारण १९९२ देखि उनीहरु छुुट्टिएर बसे । १९९६ सम्म आइपुुग्दा यो जोडीले डिभोर्स गरिसकेको थियो ।
अन्य घटनाक्रम 
१९१९– अमेरिकन कम्युनिष्ट पार्टीको गठन ।
१९५७– बेलायती शासनबाट मलेसियालाई स्वतन्त्रता प्राप्त ।
२००५– ईराकको राजधानी बगदादस्थित अल–आईम्माह पुलमा भागदौड मच्चिदाँ १ हजारभन्दा धेरै मानिसको मृत्यु ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *