Wednesday, April 22

कोरोना संक्रमणबाट केन्द्रीय कारागारका कैदीको मृत्यु

नेपाल अखबार, काठमाडौं । केन्द्रीय कारागारका एकजना कैदीको कारोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनी गम्भीर रोगको बिरामी रहेका कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले बताए ।
उनमा क्षयरोग थियो भने मानसिक रुपमा पनि समस्या थियो, त्यसैले पाटन अस्पतालमा उपचार भइरहेको थियो’, पोखरेलले भने, ‘पछिल्लो समय मेगा अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो ।’
पोखरेलका अनुसार १० भदौमा कोरोना भाइरस संक्रमण परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो । चार दिनपछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
हाल केन्द्रीय कारागारमा ७ सय जना बिरामी कैदीबन्दी छन् । कारागारमा देशभरका कैदीबन्दीको उपचारका लागि अस्पताल छ ।
मंगलबार बिहान थप २ जना कैदीको पनि उपचारका क्रममा मृत्यु भएको छ । तर, कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *