Wednesday, April 22

पछिल्लो २४ घण्टामा अमेरिकामा भन्दा भारतमा मृत्यु र संक्रमण दुई गुणा बढी

नेपाल अखबार, एजेन्सि। कोरोना भाइरसको संक्रमण र त्यसबाट हुने मृत्युदरमा विश्वका सबै देशलाई भारतले उछिन्न थालेको छ।
पछिल्लो २४ घण्टामा उच्च संक्रमण र मृत्युदर भएका अमेरिका र ब्राजिललाईसमेत भारतले उछिनेको छ।
कोरोना सम्बन्धि विश्वव्यापी अपडेट गर्दै आएको वर्ल्डओमिटरका अनुसार गएको २४ घण्टामा भारतमा विश्वकै सबैभन्दा धेरै ६८ हजार सात सय ७० जनामा संक्रमण पुष्टि भएको छ। यस अवधिमा त्यहाँ आठसय १८ जनाले ज्यान गुमाएका छन्।
पछिल्लो २४ घण्टामा ब्राजिलमा ६ सय १९ र अमेरिकामा चार सय ९७ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा त्यहाँ क्रमशः ४८ हजार पाँच सय ९० र ३७ हजार आठ सय १५ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा विश्वभर चार हजार ३२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने दुई लाख ३८ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।
भारतमा अहिलेसम्म मृतकको संख्या ६५ हजार चार सय ३५ पुगेको छ। त्यहाँ संक्रमितको संख्या ३६ लाख ८७ हजार नौ सय ३९ पुगेको छ।
विश्वभर अहिलेसम्म आठ लाख ५४ हजार दुई सय ३५ जनाले ज्यान गुमाएका छन् भने दुई करोड ५६ लाख २१ हजार नौ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *