नेपाल अखबार, पाल्पा। पाल्पामा अविरल वर्षाका कारणले घरमा ढुङ्गा खसेर लाग्दा आमाको मृत्यु भएको छ भने छोरी गम्भीर घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउँ गा.पा. ३ श्रीडाडा बस्ने गोबिन्द सोमईको घरमा अविरल वर्षाको कारणले घरदेखि माथि पहाडबाट ढुङ्गा खसी लाग्दा आमा र छोरी गम्भीर घाइते भएका थिए ।
माथागढी गाउपालिका–७ हवास बस्ने वर्ष २९ की समीक्षा चौहानको उपचारका क्रमामा गत राति बुटवलमा मृत्यु भएको छ । उनकी छोरी वर्ष ३ की करिश्मा चौहानको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

