Thursday, April 23

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

नेपाल अखबार, पोखरा  ।  युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवले कोरोना महामारीका कारण पोखरामा रगतको अभाव देखिएपछि रक्तसञ्चार केन्द्र पोखराको प्राविधीक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
क्लवले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको भएतपानि योपटक कोरोना महामारीका कारण मुलुकभरका अस्पतालहरुमा रगत अभाव भएसंगै पोखरामा पनि रगतको अभाव सिर्जना भएपछि क्लवले आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको क्लवका स्वास्थ्य उपसमिति संयोजक तथा रक्तदान कार्यक्रमका संयोजक जयराम आचार्यले जानकारी दिए ।
पहिलो रक्तदाता डाक्टर आशिष श्रेष्ठलाई क्लवका अध्यक्ष लालकाजी गुरुङले ब्लडब्याग हस्तान्तरण गरी सुरु भएको कार्यक्रममा ३५ युनिट रगत संकलन भएको क्लवका महासचिव शान्त बहादुर थापाले जानकारी दिए ।
स्थापना कालदेखी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, सेतीनदी संरक्षण, दैवीप्रकोपमा परेकालाई सहयोग गर्दै आएको क्लवले कोरोना महामारीको विशम परिस्थितीमा रगतको अभाव भएपछि आफ्ना सदस्यहरुलाई आब्हान गरी आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष लालकाजी गुरुङले वताए । युनाईटेड क्लवले जस्तो परिस्थिती आएपनि आफुहरुले लिएको उद्देश्यलाई अगाडी वढाएर जाने र सामाजिक सेवामा सदैव अगाडी वढिरहने उनको भनाइ रहेको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *