नेपाल अखबार, स्याङ्जा । स्याङ्जामा हतियार बरामद भएकाे छ । जिल्ला स्याङ्जा पुतलीवजार नगरपालिका-८ बाहकोट स्थित बस्ने वर्ष ३३ को अमित सिंह ठकुरी पक्राउ ।
अमित सिंह ठकुरी घरमा हातहतियार लुकाएर राख्यकाे गोप्य सूचनाकाे अाधारमा खोजतलास गर्ने क्रममा सुत्ने कोठामा लुकाई छिपाई राखेको अवैध भरुवा बन्दुक थान १ सहित फेला परेकाे प्रहरीले जानकारी दिए । जिल्ला प्रहरी स्याङ्जाले ठकुरीलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

