Wednesday, April 22

रौतहटका एसपीलाई जिम्मेवारीबाट हटाइयो

नेपाल अखबार, काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्कालाई जिम्मेवारीबाट हटाइएको छ । गरुडाका दलित युवा विजयराम चमार मृत्यु प्रकरणमा उनको कमजोरी देखिएकाले जिम्मेवारीबाट हटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । उनको ठाउँमा प्रहरी प्रधान कार्यालयमा कार्यरत सिद्धिविक्रम शाहलाई पठाइएको छ ।
सो प्रकरणमा यसअघि नै ३ जना प्रहरी निलम्बनमा परिसकेका छन् । विजयरामलाई चरम यातना दिएको विषयमा अनुसन्धानका लागि इन्स्पेक्टर नविनकुमार सिंहसहित ३ प्रहरी निलम्बनमा परेका हुन् ।
गरुडा नपा–८ बसविट्टी जिंगडिया वस्ने वर्ष २० का निरन्जन रामको हत्याका आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले विजयरामलाई पक्राउ गरेको थियो । हिरासतमा नै बिरामी परेका उनको उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीको यातनाका कारण उनको मृत्यु भएको परिवारको आरोप छ । साेत राताेपाटि

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *