Wednesday, April 22

पाेखरामा पहिरोले स्काईभेटर पुरिएको, चालक घाइते

नेपाल अखबार,पाेखरा । पोखरामा सडक सडकको पहिरो हटाउने क्रममा स्काभेटर पुरिएको छ ।
पोखरा महानगरपालिका-१९ बेसीखेत स्थित लामाचौर -पुरन्चौर सडकखण्डमा सडकको पहिरो हटाउने क्रममा सडक माथिबाट पहिरो खस्दा स्काभेटर पुरिएको प्रहरीले जनाएको छ।
बिहीबार बिहान ९ : १५ बजे पहिरो  खस्दा स्काभेटर सँगै पुरिदा चालक पोखरा- १९ बस्ने  ४६ वर्षीय बलराम ढुंगाना घाइते भएको गण्डकी  प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
कार्यालयका अनुसार प्रहरीले पहिरोसँगै पुरिएका चालक ढुंगानालाई स्थानीयको सहयोगमा उद्धार गरी अस्पताल पठाएको छ ।ढुंगानाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *