Tuesday, July 21

पोखराका वडा नं १०,१२ र १३ आज रातिदेखी एकसाता शिल

नेपाल अखबार, पाेखरा। कोरोना संक्रमण बढेपछि पोखराका वडा नं १०,१२ र १३ का   क्षेत्र आज रातिदेखी आगामी भदौ २६ गते राति १२ बजेसम्मका लागि शिल गरिने  छ ।
पोखरा वडा नं १०,१२ र १३ का वडाध्यक्षहरुले आज संयुक्त सूचना जारी गरी स्थिति नियन्त्रण भन्दा बाहिर जान नदिन र कोरोना नियन्त्रणमा सहजता ल्याउनका लागि शिल गर्ने निर्णय गरिएको जनाएकाे छ।
वडा नं १० का वडाध्यक्ष राजकुमार गुरुङ, १२ का वडाध्यक्ष रामबहादुर कार्की तथा वडा नं१३ का वडाध्यक्ष लेखबहादुर तामाङले स्वास्थ्य सेवा बाहेका अन्य सेवाहरु सञ्चालनमा रोक लगाइएको जनाएका छन् । खाद्यान्न पसल भने विहान ११ बजेदेखी २ बजेसम्म सञ्चालन हुनेछन् ।

Advertisement

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *