Wednesday, April 22

रुसले विकास गरेको खोप भारतसहित पाँच देशमा तेस्रो परीक्षण गर्ने तयारी

नेपाल अखबार, एजेन्सि। रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप भारतसहितका पाँच देशले परीक्षण गर्ने भएका छन्।
‘स्पुनिक-५’ नाम दिइएको यो खोप भारतसहितका पाँच देशमा यही महिनामा तेस्रो परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जानकारी दिएका छन्।
रुसी लगानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले भारत, साउदी अरब, यूएई, फिलिपिन्स र ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको हो।
यो खोपको पहिलो र दोस्रो चरणको परीक्षण रुसमै भएको थियो। भारत, साउदी अरब, यूएई, फिलिपिन्स र ब्राजिलमा तेस्रो चरणको परीक्षण गर्न लागिएको दिमिित्रभले बताए।
खोपको परीक्षणको नतिजा अक्टोबरदेखि नोभेम्बरसम्ममा आइसक्ने बताइएको छ। कोषले गएको अगस्ट ११ तारिखमा यो खोप विकास गरेको घोषणा गरेको थियो।
रुसी वैज्ञानिकहरूले कोरोनाभाइरस विरुद्ध तयार गरिएको ‘स्पुनिक- ५’ खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको जनाएका छन्।
खोपको परीक्षणको पहिलो प्रतिवेदनमै उनीहरूले त्यस्तो दाबी गरेका थिए।
गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आवश्यक सबै परीक्षणका मापदण्ड खोपले पूरा गरेको र आफ्नी छोरीमा पनि परीक्षण गरिएको बताएका थिए। एजेन्सी

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *