Wednesday, April 22

चीन र भारतका सैनिकबीच फेरि भिडन्तको खतरा

नेपाल अखबार, एजेन्सि। चीन र भारतका सैनिकबीच फेरि भिडन्तको खतरा बढेको छ। सोमबार सीमा क्षेत्र पूर्वी लद्दाखमा दुई देशका सैनिकबीच दोहोरो फायरिङ भएको हो।
दुवै देशका सैनिकले एकअर्कालाई पहिले फायरिङ गरेको आरोप लगाएका छन्।
चिनियाँ सैनिकले भारतीय सैनिकले पहिले वास्तविक सीमा रेखा पार गर्दै धम्की स्वरूप फायरिङ गरेको आरोप लगाएको छ।
चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले चिनियाँ सेनाका प्रवक्ताको भनाइ उधृत गर्दै भनेको छ, ‘स्थिति नियन्त्रणमा लिन चिनियाँ सेना पनि प्रतिकार (फायरिङ) गर्न बाध्य भयो।’
भारतीय समाचार एजेन्सी एएनआईले पनि पूर्वी लद्दाखमा फायरिङ भएको उल्लेख गरेको छ।
कतिपय मिडियालेले भने पहिले चिनियाँ सैनिकले फायरिङ गरेपछि भारतीय सैनिक त्यसको जवाफ दिन बाध्य हुनुपरेको दाबी गरेका छन्।
यसअघि केही दिनअघि मात्र दुई देशका सैनिकबीच झडप भएको थियो। तर यस क्रममा के कति हताहती भयाे भन्नेबारे दुवै देशले अहिलेसम्म केही बताएका छैनन्।
गत जुन १५ मा पनि हतियारहित भिडन्त हुँदा २० भारतीय सैनिक मारिएका थिए। त्यसपछि दुई देशका सैनिकबीच पटपटक वार्ता गरी सीमा क्षेत्रमा शान्ति कायम गर्ने सहमति भए पनि पुनः तनाव सुरु भएको हो।
विशेष कुरा-  सन् १९७५ पछि सीमामा भारत र चीनका सैनिकबीच याे पहिलाेपटक फायरिङ भएकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *