Thursday, April 23

थप १ हजार ८१ मा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ।
आज ११ हजार १६७ पीसीआर परीक्षण गरिएको थियो।
त्यस्तै पछिल्लो २४ घण्टामा ९१८ जना संक्रमित निको भएसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ३३ हजार ८८२ पुगेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *