Thursday, April 23

इलाममा आफ्नै ६३ वर्षीया आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ

नेपाल अखबार, इलाम। आफ्नै वृद्ध आमालाई बलात्कार गरी फरार भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ।
इलामका एक २३ वर्षीय युवाले आफ्नै ६३ वर्षीय आमालाई यही भदौ ७ गते राति बलात्कार फरार भएका थिए।
फरार युवाविरुद्ध जिल्ला प्रहरी कार्यालय, इलाममा परेको जाहेरीका आधारमा प्रहरीले मंगलबार राति ती युवालाई इलाम नगरपालिका–५, तोरीबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले जानकारी दिए
उनले परिवारभित्रको घटना भएको र परिचय खुल्दा थप समस्या हुने भएका कारण पीडक र पीडितको नाम ठेगना गोप्य राखेर अनुसन्धान अगाडि बढाएका बताए। ‘परिवारभित्रको घटना भएका कारण पीडक र पीडित नाम र ठेगना गोप्य राखेर अनुसन्धान अगाडि बढाएका छौँ’, डीएसपी सुवेदीले  भने।
पक्राउ परेका ती युवालाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाउने उनले बताए ।

ती युवाविरुद्ध जवर्जस्ती करणी, हाडनाता करणी लगायतका मुद्दामा अनुसन्धान हुने उनले जनाकारी दिए। साेत नेपालखबर

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *