Saturday, April 18

पाेखरा हिजो मृत्यु भएकी महिलाको दाहसंस्कारपछि कोरोना पुष्टि

नेपाल अखबार, पाेखरा। पोखरामा बिहीबार राति मृत्यु भएकी एक महिलाको आज कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको छ ।
पोखराको फिस्टेल हस्पिटलको  सधन उपचार कक्षमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएकी पोखरा ५ मालेपाटनकी ४५ वर्षिया महिलाको अन्त्येष्टि पछि आएको स्वाब परीक्षणको नतिजामा  कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीले उहाँमा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
उहाँको शुक्रबार नै धार्मिक परम्परा अनुसार पोखरा स्थित रामघाटमा दाह संस्कार गरिएको थियो  । उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन गण्डकी प्रदेशका सांसद रामजी बराल (जीवन), सांसद राजिव पहारी, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङ, उपाध्यक्ष कृष्ण कुमारी पौडेल दवाडी, पर्यटन व्यवसायीहरु लगाएत सयौं  शुभचिन्तकहरु रामघाट पुग्नुभएको मृतकका आफन्तले जानकारी दिनुभयो ।
अस्पताल प्रशासनले नमूना लिइसकेपछि त्यसको रिपोर्ट नआउँदै परिवारलाई शव हस्तान्तरण गर्नु गम्भिर लापरवाही भएको स्वास्थ्य महाशाखाको भनाई छ । महाशाखाले मलामी गएका सबैजनालाई कम्तिमा पाँच दिन अनिवार्य रुपमा होम क्वारेन्टिनमा बस्न समेत आग्रह गरेको छ ।
 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *