नेपाल अखबार, चितवन। चितवनमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ भने ८७ संक्रमित थपिएका छन्।
अस्पतालले प्रेस विज्ञप्ति प्रकाशन गरी दिएको जानकारीअनुसार कोरोना संक्रमणबाट शुक्रबार साँझ ७ बजे चितवनको राप्ती नगरपालिका-५ बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको हो। याे शुक्रबा दिउँसाे स्वास्थ्य मन्त्रालयले पछिल्लाे २४ घण्टा काे जानकारी दिएपछिकाे घटना हाे।
यही भदाै २४ गते संक्रमण पुष्टि भएका उनमा उच्च ज्वोरो, खोकी र श्वासप्रश्वाशका समस्या थिए। भदाै २५ देखि काेभिड आईसीयूमा भर्ना गरिएका उनकाे स्वास्थ्य अवस्था थप जटिल हुदैँ गएपछि भेन्टिलेटर पनि प्रयाेग गरिएकाे थियाे। तर सबै उपाय अपनाउँदा पनि निमोनियाँका कारण उनकाे मृत्यु भएकाे चिकित्सकले बताएका छन्।
साथै साेही अस्पतालकाे प्रयाेगशालामा गरिएकाे पीसीआर परीक्षणका क्रममा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालकी प्रमुख डा. नीतु अधिकारीले शनिबार बिहान दिएकाे जानकारीअनुसार ५३३ नमुनामध्ये चितवनकै विभिन्न स्थानीय तहका ५८ पुरुष र २९ महिलामा काेराेना रहेकाे पुष्टि भएकाे हाे। बाँकी रिपोर्ट नेगेटिभ आएका छन्।
थपिएका ती ८७ संक्रमितकाे विस्तृत विवरण तलकाे विज्ञप्तिमा-



Sum club có nhiều điều thú vị cho anh em nè
https://sumclub.co.uk/