Tuesday, July 7

मुस्ताङको आलु खरिद गर्न व्यापारीको हानथाप

नेपाल अखबार, जोमसोम ।  मुस्ताङमा स्याउजस्तै मुख्य ब्रान्ड बनेको छ आलु। जिल्लाबाहिरका व्यापारी कोरोना कहरकै बीचमा आलु खरिद गर्न मुस्ताङमा आएका छन्। उनीहरू किसानको घरदैलोमा पुग्ने गरेका छन्।

Advertisement

गत वर्ष आलु पाथीको १ सय ३० रुपैयाँमा बिक्री भएको थियो। यसपटक २५ प्रतिशत बेसी मूल्यमा बिक्री गरिरहेको जोमसोमका किसान अजित थकालीले बताए। आफूले यो वर्ष २० मुरी आलु फलाएको उनले सुनाए। व्यापारीले पाथीको १ सय ८० रुपैयाँभन्दा बढी मूल्यमा बारीबाटै आलु उठाएको उनको भनाइ छ। आलुले अप्रत्याशित भाउ पाएपछि उनी उत्साहित बनेका छन्।
जानकारका अनुसार एक मुरीमा ६० किलो हुन्छ। २० पाथीको एक मुरी हुन्छ।
थासाङ–१ टुकुचेका राजन शेर्पाले त एउटै आलु एक किलोभन्दा बढी तौलको फलाए। आफूले ३० मुरी उत्पादन गरेको उनले सुनाए। कोरोना कहर भए पनि मुस्ताङको आलु खरिद गर्न व्यापारीको हानथाप भइरहेको उनको भनाइ छ।
मुलुक संघीयतामा जानुअघि कृषिउपजको तथ्यांक साबिक जिल्ला कृषि विकास कार्यालयले राख्थ्यो। अहिले स्थानीय तहको कृषि शाखाले जिम्मा पाए पनि यससम्बन्धी अभिलेख राखेको पाइएको छैन।
मुस्ताङको अन्न भण्डारका रूपमा चिनिएको थासाङको कुञ्जो आलु उत्पादनमा प्रसिद्ध छ। तर, त्यहाँ पुग्न कालीगण्डकी नदीमा पुल नहुँदा उत्पादनको बजारीकणमा समस्या हुँदै आएको छ। ढुवानी कम लाग्ने स्थानमा मात्र व्यापारीको आँखा लाग्ने भएकाले सडक जोडिएको गाउँमा मात्र पुग्ने गरेको पाइएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुन्दरकुमार थकालीले लेखेका छन् ।
 

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *