चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण
नेपालअखबार, चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा पालिएका मौरीलाई चिनीको चास्नीबाट १०६ घार मौरीमा सङ्क्रमण देखिएको छ । कालिका –६ का जङ्गबहादुर पुनले पालेकाे १६६ घारमध्ये ती घारमा चास्नी खुवाउँदा सङ्क्रमण देखिएको हो ।
उाका अनुसार यही असोज १२ गते साँझ ती मौरीलाई चास्नी दिइएको थियो । एक बोरा चिनी चार भाँडोमा राखेर चास्नी दिइएको थियो । उनले भने, “पहिलेको जस्तैगरी चास्नी दिएको थिएँ । १३ गते बिहान जाँदा मौरी मरेको देखेँ ।” अहिले चिनी दिएका मौरी मर्ने, झोक्राउने गर्न थालेको उनले बताए । सातामा एक दिन यतिबेला चास्नी दिने गरेकामा १२ गते दिइएको चास्नी समस्या देखिएको उनले बताए । अघिल्लो दिन चास्नी दिइएकामा भोलिपल्ट मौरीमा सङ्क्रमण फैलिएको उनले जानकारी दिए । पछिल्लो समय विषादीको जोखिम बढ्न थालेको उनले बताए ।
विसं २०७२ देखि मौरीपालन गर्दै आएका पुनका घारमा २०७४ सालमा पनि यस्तै सङ्क्रमण देखिएर २...










