Tuesday, July 7

कंगनाको पुरानो भिडियो भाइरलः भनेकी थिइन्, ‘घरबाट भागेको डेढ–दुई वर्षमा फिल्म स्टार थिएँ, ड्रग एडिक्ट थिएँ’

नेपाल अखबार, एजेन्सि। नायिका कंगना रनौत एकपछि अर्को गर्दै विवादले घेरिँदै गएकी छिन् । अब ट्वीटरमा उनको एउटा भिडियो भाइरल भइरहेको छ जसमा उनले आफूलाई लागुऔषधको दुर्व्यवसनमा फसेको बताएकी छिन् । यो भिडियो कंगना आफैंले इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् ।
के छ भिडियोमा ?
सोसल मिडियामा भाइरल भिडियोमा कंगनाले भनेकी छिन्, ‘म घरबाट भागेको डेढ–दुई वर्षमा फिल्म स्टार बनेकी थिएँ, एक ड्रग एडिक्ट बनेकी थिएँ । मेरो जीवनमा धेरै कुरा चलिरहेका थिए । म यस्ता मानिसहरुको हातमा परेकी थिएँ जहाँ यस्ता प्रकारका खतरनाक कुरा मेरो जीवनमा चलिरहेको थियो ।’
एक प्रयोगकर्ताले भिडियो सेयर गरेः

Advertisement

 
बलिउडमाथि लगाएकी थिइन् आरोपः
कंगनाको भिडियो यस्तो समय भाइरल भइरहेको छ जब उनले बलिउडमा भारी मात्रामा ड्रगको उपयोगको विषयमा आरोप लगाएकी थिइन् । केहि दिन अघि मात्रै कंगनाले ९९ प्रतिशत फिल्म इन्डष्ट्रि कोकिनको आडमा चलेको आरोेप लगाएकी थिइन् । नायिकाले रणवीर सिंह, रणबीर कपुर, विक्की कौशलजस्ता ठूला कलाकार र फिल्म निर्माता आयान मुखर्जीले आफ्नो रगत परीक्षण गर्नुपर्ने बताएका थिइन् ।
कंगनाले भनेकी थिइन्, ‘लागुऔषध कारोबारीसँग कुनै सम्बन्ध भए मुम्बई छोडिदिन्छु’
केहि दिन अघि कंगनाले ट्वीटरमा मुम्बई प्रहरीले उनको रगत परीक्षण गराओस् भनेकी थिइन् । यसो भए, उनी निकै खुसी हुने उनले बताएकी थिइन् । उनको कल रेकर्डको अनुसन्धान गरियोस् भनेर पनि इच्छा जताएकी थिइन् । यसमा उनले भनेकी थिइन्, ‘यदि मेरो लागुऔषध कारोबारीसँग कुनै सम्बन्ध निस्किए र यदि म गलत प्रमाणित हुन्छु भने म सधैंका लागि मुम्बई छोड्नेछु ।’
 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *