Wednesday, April 22

युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त

नेपाल अखबार ,काठमाडौँ । निवर्तमान अर्थमन्त्री युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले मन्त्री सरहको सेवा सुविधा पाउने गरी खतिवडालाईप्रधानमन्त्रीको आर्थिक विशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए  ।
राष्ट्रियसभाको समयावधी सकिएपछि खतिवडाले यही भदौ २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *