Wednesday, April 22

अन्तर्राष्ट्रिय सिमानाका असोज ३० गतेसम्म बन्द गर्ने सरकारको निर्णय

नेपाल अखबार, काठमाडौं । सरकारले आगामी असोज ३० गतेसम्म भारततर्फका सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएको सन्र्दभमा भारतसँगको नाकाबाट प्रवेशमा कडाई गर्ने तर अत्यावश्यक अवस्थामा १० वटा प्रमुख नाकाबाट प्रवेश दिने निर्णय भएको छ । यस्तै  भारतबाट थप २ नाका इलामको पशुपतिनगर र दार्चुलाको खलंगाबाट प्रवेश दिने निर्णय भएको हो । यस्तै चीनको रसुवागढीबाट नाकाबाट प्रवेश खुला गर्ने निर्णय भएको छ

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *