Saturday, April 18

पछिल्लो २४ घण्टामा नेपालमा थप १२ सय ४६ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ भने देशभरमा सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ। संस्थागत आइसोलेसनमा रहेकाको संख्या ७ हजार ९०३ रहेको छ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १० हजार ६४१ पीसीआर परीक्षण गरिएको थियो। योसँगै नेपालमा अहिलेसम्म ८ लाख ८२ हजार ९१५ पीसीआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा थप १२ सय ४३ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *