Saturday, April 18

उपत्यकामा पछिल्लो २४ घण्टामा थप आज ६१८ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, काठमाडौँ  । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
उपत्यकाका काठमाडौँमा ५०७, भक्तपुरमा ५० र ललितपुरमा ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
बुधबार उपत्यकामा ७३७ जनामा कोरोना पुष्टि भएको थियो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *