Saturday, February 21

मोदीको जन्मदिनमा भारतीय युवाले मनाए राष्ट्रिय बेरोजगार दिवस

नेपाल अखबार, एजेन्सि। भारतको विभिन्न शहरमा बेरोजगार युवाहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा बेरोजगार दिवसका रुपमा मनाएका छन्। बिहीबार भारतका कतिपय स्थानमा युवाहरुले राष्ट्रिय बेरोजगार दिवसका रुपमा मनाएका हुन्।
बेरोजगार युवाहरुको यो प्रदर्शनमा प्रमुख विपक्षी दलको पनि समर्थन थियो । यो प्रदर्शनमा विपक्षी दलका नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता थियो।

राजस्थानका पूर्व उप–मुख्यमन्त्री तथा कांग्रेस नेता सचिन पायलटले पछिल्लो ६ वर्ष यता युवाहरुलाई रोजगारका नाममा मात्र झुठो आश्वासन प्राप्त भएको बताएका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *