नेपाल अखबार, जनकपुर । लामो प्रतीक्षापछि जनकपुर-जयनगर रेल आज नेपाल सरकारलाई हस्तान्तरण हुँदैछ।
भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले बनाएको रेल जनकपुरमा आज बिहान साढे ११ बजे रेल विभागलाई हस्तान्तरण गर्न लागिएको हो।
रेल विभागका अधिकारीहरुको उपस्थिति तथा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा रेल हस्तान्तण हुने कार्यक्रम छ।
तस्बिरमा हेरौं आज जनकपुर आउँदै गरेका दुई रेलः







