Tuesday, April 21

काठमाडौं महानगरका ४४४ संक्रमित संक्रमित सम्पर्कविहीन भए

नेपाल अखबार, काठमाडौं । काठमाडौं महानगर क्षेत्रका ४ सय ४४ जना कोरोना संक्रमित सम्पर्कविहीन भएका छन्।
काठमाडौं महानगरपालिकाका अनुसार शुक्रबारसम्म ४ सय ४४ संक्रमित सम्पर्कमा छैनन्।
महानगरपालिकाको सहरी स्वास्थ्य महाशाखाले शुक्रबार अपराह्न सार्वजनिक गरेको तथ्यांकमा ४ सय ४४ संक्रमित ‘नखुलेको’ उल्लेख छ।
पीसीआर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएका उनीहरू सम्पर्कमै नआएपछि ती कहाँ छन् र कतिलाई भाइरस सारे हाेलान् भन्ने तनाव महानगरपालिकालाई भइरहेकाे छ।
काठमाडौंमा स्वाब दिएर संक्रमण पुष्टि भएपछि मोबाइल स्विच अफ गर्ने त्यस्ता व्यक्ति पत्ता लगाउने जिम्मा स्वास्थ्य सेवा विभाग र जिल्ला जनस्वाथ्य कार्यालयले काठमाडौं महानगरपालिकालाई दिने गरेको छ।
तर महानगरपालिकाले पनि फेला पार्न नसकेपछि उनीहरुकाे खोजी गर्ने जिम्मा प्रहरीलाई दिने गरिएकाे छ।
तर ती व्यक्ति अहिलेसम्म फेला नपरेपछि महानगरपालिकाले बेपत्ताको संख्या सूची सार्वजनिक गरेको हो।
प्रहरीले उनीहरूको खोजी भइरहेको जनाएको छ।
ktmsuchi

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *