Monday, July 6

पछिल्लो २४ घण्टामा नेपालमा १२ सय ४ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन्।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।
आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ।
पछिल्लो २४ घण्टामा थप १० हजार ३३३ पीसीआर परीक्षण भएसँगै नेपालमा अहिलेसम्म भएको पीसीआर परीक्षणको संख्या ९ लाख ४ हजार ७०६ पुगेको छ।
त्यस्तै पछिल्ले २४ घण्टामा थप १ हजार ४४७ जना कोरोना संक्रमित निको भएसँगै जम्मा निको हुनेको संख्या ४५ हजार २६७ पुगेको छ।
यो कूल संक्रमितको ७२ प्रतिशत हो।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *