Friday, May 22

भारतमा बच्चाको लिङ्ग थाहा पाउन एक पुरुषले पत्नीको पेट चिरिदिए!

नेपाल अखबार, एजेन्सि। भारतमा बच्चाको लिङ्ग थाहा पाउनको लागि एक पुरुषले गर्भवती पत्नीको पेट चिरिदिएका छन्।

ती पुरुषले धारिलो हतियारले पत्नीको पेट चिरिदिएपछि उनले मृत बच्चा जन्माएको अल्जाजिराले जनाएको छ।
यस घटना उत्तर प्रदेशको बदायूँ जिल्लाको भएको बताइएको छ।
हालसम्म यी दम्पतीको पाँच जना छोरी थिए। ती पुरुषले आफ्नी श्रीमतीलाई छोरा जन्माउन दबाब दिइरहन्थे।
महिलाकी माइती पक्षले पनि ती पुरुषले छोरा जन्माउन दबाब दिने गरेको बताएका छन्।
हाल पक्राउ परेका ती पुरुषले यस घटनालाई दुर्घटनाको सङ्ज्ञा दिँदै आफूले जानीजानी त्यस्तो कार्य नगरेको प्रहरीसँग बताएका छन्।
यद्यपी पारिवारिक स्रोतले प्रहरीलाई छोरा पाउने विषयलाई लिएर यी दम्पतीबीच नियमित रूपमा झगडा हुने गरेको बताएका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *