Thursday, April 23

स्याङ्जामा पहिरोमा पुरिएर एकको मृत्यु, आठ बेपत्ता

नेपाल अखबार, स्याङ्जा। स्याङ्जामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको  छ भने आठ जना बेपत्ता भएका छन्।
वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले एक घर पुर्दा कम्तीमा ८ जना बेपत्ता भएका हुन्। एकजनाको शव भेटिएको र एक जनालाई घाइते अवस्थामा उद्दार गरी अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए।
उनका अनुसार अहिले सशस्त्र र नेपाल प्रहरीले बेपत्ताहरुको खोजी गरिरहेको छ।  घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *