Thursday, April 23

२४ घण्टामा नेपालमा एक हजार चार सय ९७ जना कोरोना संक्रमित

नेपालअखबार, पाेखरा। वितेको २४ घण्टामा नेपालमा एक हजार चार सय ९७ जना कोरोना संक्रमित भएका छन्।
११ हजार चार सय ४९ जनाकाे पीसीआर परीक्षण गर्दा साे संख्यामा संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन्।

मन्त्रालयका अनुसार आज ४५७ जना काेराेना मुक्त भएर डिस्चार्ज भएका छन्। याे सँगै नेपालमा डिस्चार्ज हुनेकाे संख्या ५० हजार चार सय ११ पुगेकाे छ।

आज १८ हजार चार सय ३७ जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *